पूर्व अर्थराज्य मन्त्री स्व. हरिराज खेवाको सम्झनामा रक्तदान

धनकुटा खबर, साउन १३ । पूर्व स्वर्गीय अर्थराज्य मन्त्री हरिराज खेवा लिम्बुको सम्झनामा धनकुटामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

हरिराज खेवा स्मृति प्रतिष्ठानले रेडक्रस धनकुटा र धनकुटा अस्पतालको प्राबिधिक सहयोगमा धनकुटा अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिष्ठानको अध्यक्ष तिलक प्रसाद राई तथा नेकपा माओवादी केन्द्र धनकुटाको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा किरात मुक्त मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहाङ्ग लिम्बु,माओवादी केन्द्र धनकुटाका सह–ईन्चार्ज उज्ज्वल किराती,जिल्ला शिक्षा अधिकारी राम बहादुर थापा,धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धिताल लगाएतले रक्तदान गर्नुभएको थियो ।

शुक्रबार बिहान ९ बजेबाट शुरु भईरहेको उक्त रक्तदान कार्यक्रममा यो समचार संप्रेसनको अवधिमा रक्तदान गर्नेको संख्या २५ जना रहेको स्व.खेवाकी पत्नी गीता गुरुङ्ग(खेवा)ले जानकारी दिनुभयो ।

स्वर्गीय खेवाको ठीक १ बर्ष अगाडि साउन १३ गते १५ जनाको ज्यान जानेगरी सिंधुवामा भएको बस दुर्घटनामा दुखद निधन भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।