नेवार समूदायको लाखे नाँच हिलेमा आजवाट शूरु
धनकुटा खबर, साउन १३ । नेवार समूदायको लाखे नाँच हिलेमा आजवाट शूरु भएको छ ।

हिलेको रत्न षडेश्वर मन्दिरमावाट विधिवत रुपमा भीमसेनथानको पूजापाठ गरी लाखे नाँच आरम्भ गरिएको हो । हिलेमा भीमसेन थान मन्दिर नभएको कारण रत्नषडेश्वर मन्दिरवाटै विधिवत रुपमा भीमसेनको पूजा गरी लाखे नाँच शूरु गरिएको झिगुनेवा समाज हिलेका अध्यक्ष सिताराम श्रेष्ठले जनाकारी दिनुभयो ।
नेवार समूदायले यसअघि मृत्यूवरण गरेका आफन्तजनको सम्झनामा मनाउने पर्व लाखेजात्रा मा प्रदर्शन गरिने लाखे नाँच कृष्ण अष्टमीको भालि पल्ट विधिवत रुपमै जहाँवाट नाच आरम्भ गरिएको सोही स्थानमा समापन गरिने छ ।
लाखे नाच शुरु गर्नु अघि समाजले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचि धनकुटा नगरपालिका र पाख्रीवास नगरपालिकाका विभिन्न वडाका जनप्रतिनीधिहरुलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रमको सञ्चालन समाजका सचिव दिजेश शाक्याले गर्नुभएको थियो ।

