यसकारण नेपाल आइडलको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट बाहिरिइन् सन्ध्या जोशी ! (भिडियो सहित)
चर्चित बन्दै गएको रियालिटी सो नेपाल आइडलबाट सन्ध्या जोशी बाहिरिएकी छिन् । शुक्रबार भएको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा उनी बाहिरिएकी हुन् । धनगढीकी २३ वर्षिया जोशीसँगै प्रताप दास र सुजाता पाण्डे बटम थ्रीमा परेका थिए भने उनीहरुमध्ये सबैभन्दा कम भएको भएको आधारमा सन्ध्या बाहिरिएकी हुन् । आजको प्रतियोगिताबाट प्रताप र सुजातासँगै बुद्ध लामा, उल्सन श्रेष्ठ, सागर आले, सुरज थापा, निशान भट्टराई र प्रमिला राई शीर्ष ८ मा पुगेका छन् । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने पर्छ ।
https://youtu.be/9k6vC864Y3M


