थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टिबलमा नेपालले जित्यो बेस्ट आउटस्ट्यान्डिङ प्रेजेन्टेशन अवार्ड

काठमाडौं । थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टिबलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टाण्डीङ्ग प्रेजेन्टेसनको अवार्ड जितेको छ ।

थाइल्याण्ड सरकारले अन्तराष्ट्रिय चलचित्रको लागी छायांकनको गन्तब्य बनाउने उद्देश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टीबलमा यस बर्ष १४ वटा देशका ३३ वटा चलचित्रहरु प्रतिस्पर्धा मा थिए ।

विश्व भरिका फिल्म स्कुल र कलेजहरु बाट मात्रै सहभागी हुन पाउने उक्त प्रतिस्पर्धामा यस बर्ष नेपालबाट ओस्कर ईन्टरनेश्नलकलेजबाट ३ वटा र कान्तिपुर फिल्म एकेडेमीबाट एउटा गरी ४ वटा फिल्म प्रतिष्पर्धामा गएका थिए ।

जसमा कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरु अशिन पौडेल र रोनिस राउतले बनाएको ७ मिनेट लामो चलचित्र‘लस्ट एण्ड फाउण्ड’ ले उक्त अवार्ड हात पार्न सफल भएको हो ।

यही जुलाई २७ तारिखको दिन थाईल्याण्डको बैँकक शहरमा आयोजीत उक्त फेस्टीवलमा नेपालसँगै मेक्सीको को ‘ईफ आई वेर ब्रेभ’ ले बेस्ट फिल्मको अवार्ड जितेको थियो ।

उक्त अवार्ड मा थाईल्याण्डका पर्यटन मन्त्रि, शैनिक प्रमुख तथा थाइल्याण्ड सरकारका उच्च पदस्थ अधिकारीहरु र थाईल्याण्ड लगायत विश्व चलचित्र क्षेत्रका प्रख्यात चलचित्रकर्मीहरु को उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।