धनकुटामा २ हजार ८ सय ४० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराए

धनकुटा खबर, साउन १४ । धनकुटाका २ हजार ८ सय ४० जनाले फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएकाछन् ।

गत साउन १ गते देखी थालिएको नाम दर्ता कार्य अन्र्तगत आज १४ औ दिन सम्ममा उल्लेखित संख्याका मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यलय धनकुटका सूचना अधिकारी केशव पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन कार्यालयले श्रावण १६ गते पर्सी देखि ३२ गते सम्म जिल्लाका बिभिन्न गाउँपालीका र नगरपालीकाका केन्द्रबाट मतदाता नामावली संकलन गर्ने र त्यसदेखी उता प्रदेश र संघको निर्वाचनको मिति घोषणा नभएसम्म निर्वाचन कार्यलयमै पन फोटो सहितको मतदाता नामावली दर्ता कार्य सञ्चालन गरिने उहाँले वताउनुभयो ।

१८ बर्ष उमेर पुगेका तर मतदाता नामावली मा छुट् भएका, नाम नलेखाएका वा लेखाए पनि नाम ठेगाना लगायतका बिवरण फरक परेका लाई आफ्नो नाम ठेगाना सच्याउन समेत निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।

जिल्लाका सबै नगरपालिका र गाउपालिकाको केन्द्रमा मतदाता नामावली संकलन कार्य सकिए पछि पनि जिल्ला निर्वाचन कार्यालयमा भने नावावली संकलन कार्य जारी रहने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।