योजना तथा कार्यक्रम निमार्ण गर्दा एकल महिलालाई छुटाऊदैनौं : धनपा प्रमुख चिन्तन तामाङ्ग
एकल महिला समहु धनकुटाको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
धनकुटा खबर,१५ साउन । धनकुटामा आज स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुका लागी वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारका लागी महिला, एकल महिला समुह धनकुटाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा धनकुटा नगरपालिकामा निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ । कार्यक्रममा मानव अधिकारका लागी महिला, एकल महिला समुह धनकुटाका अध्यक्ष मिना राईले स्वागत मन्तव्य सहित एकल महिला समुहको अवस्था, समुहले गर्दै आएका कार्यहरु तथा जिल्लाका एकल महिलाहरुको अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा वोल्नुहुदै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले एकल महिलाहरुका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नगरपालिकाकाले योजना तथा कार्यक्रम निमार्ण गर्दा एकल महिलालाई नछुटाउने वताउनुभयो ।
कार्यक्रममा मानव अधिकारका लागी महिला एकल महिला समुह धनकुटाका सल्लाहाकार सरस्वती श्रेष्ठ,वडा अध्यक्षहरुको तर्फवाट धनकुटा नगरपालिका वडा न.१ का वडा अध्यक्ष निरेत तामाङ्ग,सदस्यहरुको तर्फवाट लालचन गोङ्गवा लगायतले आ –आफ्नो भनाई राख्नुभएको थियो ।
समुहका अध्यक्ष मिना राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एकल महिला समुहका सहयोगी सरोजा खवासले गर्नुभएकोे थियो । धनकुटा जिल्लामा वि.स.२०६६ सालमा एकल महिला समुह गठन भई हाल एकल महिलाहरुको हक हितको क्षेत्रमा काम गर्दै आएको छ ।


