१० प्रतिशत छुटमा औषधी बिक्री गर्ने गरी धनकुटा अस्पतालमा सुलभ फार्मेसी सन्चालन

धनकुटा खबर, साउन १६ । धनकुटा अस्पतालमा सुलभ फार्मेसी औषधी पसल सन्चालनमा आएको छ । उक्त फार्मेसीको शोमबार क्षेत्रिय स्वास्थ्य निर्देशक बिष्णु बहादुर बस्नेतले उद्घाटन गर्नुभएपछि सन्चालनमा आएको हो ।

उक्त फार्मेसीमा सबै प्रकारका औषधीको अधिकतम मूल्यको १० प्रतिशत छुटमा औषधी बिक्री गरिने धनकुटा अस्पतालका डाक्टर मदन कुमार उपाध्ययले जानकारी दिनुभयो । रु ५ लाखको लागतमा सन्चालनमा आएको उक्त फार्मेसीले हाल ८४ प्रकारका अतिआबश्यक औषधी उपलब्ध गराउने अस्पताल बिकास समितिका अध्यक्ष सुनिल कुमार डंगोलले जानकारी दिनुभयो ।

सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क औषधी बाहेक सुलभ मूल्यमा सन्चालनमा आएको उक्त पसलले आर्थिक अबस्था कमजोर भएका बिरामीहरुलाई राहत पुग्ने अस्पतालले जानकारी दिएको छ ।

उत्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती,उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे,वडा अध्यक्ष जंग बहादुर राई,नेपाल पत्रकार महासंघ धनकुटाका बिदुर खवासले फार्मेसी सन्चालनको शुभकामना दिनुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।