धनकुटामा निःशुल्क कानूनी सहायता सेवा सञ्चालन भएपछि सेवाग्राहीको संख्या बढदै

धनकुटा खबर, १७ साउन । निःशुल्क कानूनी सहायता सेवा धनकुटा जिल्लामा सञ्चालन भएपछि सेवा लिन आउने सेवाग्राहीको संख्या वढदै गएको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई निशुल्क रुपमा कानूनी सहायता उपल्बध गराउने उद्देश्यले जिल्लामा निशुल्क कानूनी सहायता कार्यक्रम अन्र्तगत २०६१ साल असोज महिना देखि यो सेवा सञ्चालन गरिएको हो ।

बार्षिक आय चालिस हजार भन्दा कम भएको व्यक्ति वा लैगिङ्ग हिंसा वा सशस्त्र द्धन्द्धवाट पीडित व्यक्तिलाई आवश्यक पर्ने सवै खालका कानूनी सेवा निशुल्क कानूनी सहायता सेवावाट दिने गरिएको छ ।

यो सेवा जिल्लामा शुरुभएसँगै जिल्ला कानूनी सहायता समिति धनकुटामा विभिन्न प्रकृतिका मुद्धा दर्ता हुने क्रम वढदो रहेको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा ५४ वटा मुद्धा दर्ता भएको जिल्ला कानूनी सहायता समिति धनकुटाका कर्मचारी एवं अधिवक्ता शारदासन्तोषी राईले वताउनुभयो ।

राईका अनुसार शुरुका वर्षमा निशुल्क कानूनी सहायता लिन आउने सेवाग्राहीको संख्या न्युन रहेको भएपनि पछिल्लो समय वढदो रहेको पाईएको छ । गत आर्थिक वर्ष जिल्ला कानुनी सहायता समिति धनकुटामा अंशचलन १२,सम्वन्ध विच्छेदका १८,घरेलु हिंसाका २ वटा मुद्धा दर्ता भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा ४१ वटा मुद्धा दर्ता भएका थिए । यसैगरि आर्थिक वर्ष ७०÷७१ मा ३२ वटा,७१÷७२ मा ३७ वटा मुद्धा दर्ता भएका थिए । निशुल्क कानूनी सहायता सेवामा आउने मुद्धामा अंशचलन,सम्बन्ध विच्छेद,मानाचामल,लेनदेन,बहुविवाह,घरेलु हिंसा,अंश छुटाई पाउँ लगायतका वढि मात्रामा रहेका अधिवक्ता राईले वताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको न्यायमा पहुँच वृद्धि गर्ने उद्देश्यले २०६६ साल देखि देशभर निशुल्क कानूनी सहायता सेवा सञ्चालन गरिएको जिल्ला कानुनी सहायता समिति धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।