धनकुटामा अलैची र चियाको बिकासको लागि मञ्च गठन, के काम गर्ने छ यो मञ्चले ?

धनकुटा खबर, साउन १९ । अर्थोडक्स चिया र अलैचीको क्षेत्रमा देखिएका समस्या समधानका लागि पैरवी तथा वकालत गर्ने उदेश्यले धनकुटामा सार्वजनिक नीजि साझेदारी सन्जाल मन्च (पिपिपि नेटवर्किङ्ग) गठन भएको छ ।

उन्नती परियोजना अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को आर्थिक सहयोगमा बिश्व परिदृष्य वकालत मञ्च (वल्ड भिजन एडभोकेसी फोरम) को संयोजनमा उक्त सन्जाल मञ्च गठन गरिएको हो ।

कृषक, ब्यपारी, श्रमिक संगठन, सम्बन्धित सरकारी निकाय, गैर सरकारी संस्था, सन्चारकर्मी तथा सरोकारबाला निकाय आवद्ध उक्त मञ्चको समितिको संयोजकमा अलैची ब्यवशायी लाखमान घिसिङ्ग र सदस्य सचिवमा चिया कृषक नारायण तामाङ्ग रहनेगरी २५ सदस्यीय समिति रहेको छ ।

यो मञ्चले चिया, अलैची, अदुवा र दुग्ध ब्यबसायको क्षेत्रको लगानी, ब्यपार, अबरोध, अस्थिरता तथा सिमाहरुको न्यूनिकरणका लागि सम्बन्धित सरोकारवालाहरुलाई सल्लाह र सुझाव दिने साझा थलोको रुपमा रहने परियोजनका संयोजक किरण भट्टले जानकारी दिनुभयो ।

मञ्चले उक्त क्षेत्रका श्रमिकका अधिकार, बाल श्रमिक, असमान ज्याला, वातावरणिय प्रभाव, र सामाजिक उत्तरदायित्व जस्ता बिषयमा देखिएका समस्यालाई सामुहिक रुपमा समधानका लागि नीति निर्माण तह सम्म पहल गर्ने भट्टले जानकारी दिनुभयो ।

त्यस्तै उक्त मन्चले सरकारी ऐन र कार्यक्रमहरुका सम्बन्धमा आवश्यक देखिएका कुराहरुमा घरेलु , साना तथा मझौला उद्यामीहरु र सरोकारवालाहरुको बीचमा सूचनाको आदानप्रदान तथा जानकारी गराउने विश्व परिदृश्य वकालत मञ्चका सन्चार अधिकृत लोकेन्द्र भट्टले जानकारी दिनुभयो ।

उन्नती परियोजना अन्तर्गतका पूर्वी पहाडका ७ जिल्लाहरुमा गठन हुने उक्त मञ्च हाल सम्म भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा गठन भईसकेको संस्थाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।