यसकारण धनकुटा छथर-जोरपाटी गाउँपालिकाका स्थानीय वासिन्दालाई अब स्वास्थ्य सेवामा सहज हुने

धनकुटा खबर, श्रावण १९ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका स्थानीय वासिन्दालाई अव स्वास्थ्यसेवामा केही सहज हुनेभएको छ । स्वास्थ्य मन्त्रालयवाट १ थान एम्मुलेन्स त्यहाँको स्वास्थ्यचौकीलाई नि शूल्क रुपमा प्राप्त भएसँगै स्थानीयलाई स्वास्थ्यसेवामा सहज हुने अपेक्षा गरिएको हो ।

करिव २० देखी २५ लाख पर्ने एम्मुलेन्स स्वास्थ्य मन्त्रालयले स्वास्थ्यचौकीलाई निशूल्क उपलव्ध गराएको छथरजोपार्टी गाउँपालिका हातिखर्कका प्रमुख हेल्थ अशिष्टेन्ट विष्णु प्रसाद भट्ट«ाईले जानकारी दिनुभयो ।

एम्मुलेन्सको चावी आज एक कार्यक्रमको वीच समाजसेवी जानुका कार्कीले स्वास्थ्यचौकी प्रमुख भट्ट«ाई र समाजसेवी कमलदीप तिगेलालाई हस्तान्तरण गर्नुभएको छ । चावी हस्तान्तरण गर्दै कार्कीले आफुले विरामी पर्दा भोगेको समस्या स्मरण गर्दै अव ती समस्याको समाधान हुने वताउनुभयो ।

छथरजोरपाटी गाँउपालिकाका प्रमुख शेर वहादुर लिम्वुको प्रमुख आतिथ्य तथा वडा नं १ का वडाध्यक्ष पुखमान आलेको अध्यक्षतमा भएको कार्यक्रममा गाउपालिकाका कार्यकारी अधिकृत मणीराम खतितवडा, उपप्रमुख भीम कला श्रेष्ठ लगायतकाले मन्तव्य राखेका थिए ।

एम्मुलेन्स ल्याउनका लागि समाजसेवीहरु जानुका र कमलदीपले स्थानीय स्तरवाट पहल गरेको स्वास्थ्यचौकी प्रमुख भट्टराईले वताउनुभयो । सो स्थानका पुरुषहरु वैदेशिक रोजगारीका लागि प्राय विदेश गएको कारण वोक्ने मानिस नहुदा गाउँमा कोही विरामी पर्दा विरामीलाई अस्पताल लान समेत समस्या हुनेगरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।