जिसस धनकुटाको सभापतिमा एमालेका टंक चौहान हुने पक्का
धनकुटा खबर, साउन २२ । जिल्ला समन्वय समिति धनकुटाको सभापतिमा नेकपा एमालेका टंक चौहान हुने भएका छन् ।

धनकुटाको सबै तह जितेको एमालेका तर्फबाट उमेद्धार भएका चौहान सभापति हुने पक्का भएको हो ।
आउने भदौं ३ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालले चौहानलाई पार्टीले अगाडि सारेको जिल्ला पार्टी अध्यक्ष राजेन्द्र राईले बताउनु भयो ।
उपसभापतिमा बंगला राई बनाउने निर्णय गरेको एमालले अन्य सदस्यहरुको नाम भने आउने २६ गते सम्म टुंगो लगाउने अध्यक्ष राईले जानकारी दिनुभयो ।


