धनकुटामा दिवा सेवा कार्यक्रम सञ्चालन भएको २ सय ५ दिन पुरा, ज्येष्ठ नागरिकहरु थप उत्साहित
धनकुटा खबर, २४ साउन । ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाले सञ्चालन गरेको दिवा सेवा कार्यक्रम सञ्चालन भएको २ सय ५ दिन पुरा भएको छ । दिवा सेवा कार्यक्रम सञ्चालन भएको २ सय ५ दिन पुरा भएको अवसरमा विशेष कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकहरु विच आपसमा खुसि आदानप्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिवा सेवा कार्यक्रम सञ्चालन भएपछि ज्येष्ठ नागरिकहरु उत्साहित भएको वताएका छन् । उनिहरुले दिवासेवा कार्यक्रममा सहभागि भएपछि एक आपसमा अनुभव आदानप्रदान हुनुका साथै दिन विताउन आफुहरुलाई सहज भएको वताएका छन् ।
सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका सल्लाहाकार दामोदर दाहाल,जिल्ला सदस्य तिलकप्रसाद राई,मधुमेही समाज नेपाल धनकुटाका उपाध्यक्ष हरिप्रसाद घिमिरे,ज्येष्ठ नागरिक सघं ४ नम्बर वडा समिति अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई,उपाध्यक्ष ईन्द्रवहादुर ढुङ्गगेल,सचिव जगनाथ रिजाल,ज्येष्ठ नागरिक सघं ७ नम्वर वडाँ समिति अध्यक्ष वुद्धिकान्त घिमिरे लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका वरिष्ठ उपाध्यक्ष ईन्द्रवहादुुर श्रेष्ठले दिवासेवा कार्यक्रमको वारेमा जानकारी गराउनुभएको सचिव कृष्णभागवत श्रेष्ठले वताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक सघं ४ नम्बर वडा अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईले महाभारत वाचन गर्नुभएको थियो भने सकिला राणा,रुक्मणि अधिकारी,विष्णु वराल,गोमा परियार र शकुन्तला सुवेदीले भजन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य गोविन्दप्रसाद मैनालीले गर्नुभएको थियो ।


