५ सय ४ घरधुरी उपभोक्ता लक्षित ‘पाख्रीवास वृहत खानेपानी आयोजना’को काम पूरा

धनकुटा खबर, २५ साउन । धनकुटाको पाख्रीवास नगरपालिका क्षेत्र भित्रको राम्चे, शान्तिधारा र पाख्रीवास वजारका ५ सय ४ घरधुरी उपभोक्तालाई खोनपानी उपलव्ध गराउने लक्षका साथ सञ्चालित पाख्रीवास वृहत खानेपानी आयोजनाको काम पूरा भएको छ ।

यो योजना पूरा गर्न नेपाल सरकार नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको ३५ लाख ७१ हजार २० रुपयाँ, नगरपालिकावाट प्राप्त ६ लाख र जनसहभागीतावाट १५ लाख ३० रुपयाँ गरी जम्मा ५७ लाख १ हजार २० रुपयाँ लागत लागेको आयोजना सञ्चालक मुगाखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

यो आयोजना अन्र्तगत पाख्रीवास ७ शान्तिधार स्थितको मुहानवाट पम्प प्रणाली मार्फत ८ सय ८३ मिटर माथि राम्चे डाडामा निर्माण गरिएको ट्याङ्कीमा पानी जम्मा गरी उल्लेखीत संख्याको उपभोक्तालाई वितरण गर्न लागिएको हो ।

जसका लागि १५र१५ हजार घन मिटरको २ वटा , १९ हजार घन मिटरको एउटा ट्याङ्की र पम्प हाउस निर्माण लगायत ईष्टिमेट अनुसारको काम पूरा भएको मुगाखोला खानेपानी उपभोक्ता समितिका व्यवस्थापक प्रेम भण्डारीले वताउनुभयो । आयोजनाको काम गत जेठ १० गतेवाट शूरु गरिएको आयोजनाका सिभिल सवईञ्जिनीयर निरोज गुरुङ्गले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।