धनकुटाका ५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

धनकुटा खबर, २६ साउन । बालअधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएका धनकुटा जिल्लाका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको छ ।

किन्डरमिसनरेक जर्मनीको आर्थिक सहयोग र मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा सामुदायिक विकास मञ्च नेपाल सिडिएफ धनकुटा द्धारा सञ्चालित बाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चानल भएका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको हो ।

कार्यक्रम सञ्चालन भएका विद्यालयलाई प्रति विद्यालय ४२ वटाका दरले विभिन्न विद्याका पुस्तक र पुस्तकालय व्यवस्थापनका लागी सहयोगार्थ प्रति विद्यालय ५ हजार रुपैयाका दरले वितरण गरिएको वाल अधिकार तथा शान्ति शिक्षा कार्यक्रमका जिल्ला संयोजक सावित्रा राईले वताउनुभयो ।

विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनमा सहयोग पाएका विद्यालयहरुमा गोलखाडी मावि महाभारत,सरस्वती मावि परेवादिन, भारती मावि हात्तिखर्क, भारती मावि चुङ्गमाङ्ग र रामनवमि मावि वुढिमोरङ्ग रहेको सामुदायिक विकास मञ्च सिडिएफ धनकुटाका सचिव टिकाराम लिंखाले वताउनुभयो ।

उक्त पुस्तक तथा नगद विद्यालयका संरक्षक शिक्षकलाई गत जेठ महिनामा हस्तान्तरण गरिएको छ । बालबालिकाहरुमा पठन संस्कृतिको विकास गर्न र बालबालिकाहरुलाई बाल साहित्य सृजना गर्ने अभिप्रेरणा जगाउने उद्देश्यले पुस्तक तथा आर्थिक सहयोग वितरण गरिएको संयोजक राईले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।