अब धनकुटा कागते स्थित बजार क्षेत्रलाई ग्रिन सिटी बनाईने
धनकुटा,२६ साउन । धनकुटा नगरपालिका वडा नं–३ कागते स्थित बजार क्षेत्रलाई ग्रिन सिटी वनाईने भएको छ । कागतेलाई ग्रिन सिटी वनाउने अभियान अन्र्तगत कागतेको बजार क्षेत्रमा रहेका सवै घरमा हरियो रङ्ग लगाईने भएको हो ।

फाईल फोटो
ग्रिन सिटी वनाउनका लागी कागते बजार क्षेत्रमा रहेका सवै घरमा हरियो रङ्ग लगाईने निर्णय भएको वडा अध्यक्ष विकास घिमिरेले वताउनुभयो । यस्तै बिहिवार भएको एक भेलावाट अम्मर बहादुर वस्नेतको अध्यक्षतामा १३ सदस्यि कागते वजार व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा सुर्य कार्की,सचिव दामोदर मिश्र,सहसचिव त्रिभुवन कार्की र कोषाध्यक्षमा विना राना मगर रहनुभएको छ । यस्तै वजार क्षेत्रमा विहान देखि दिउसो ४ वजे सम्म खुल्ला रुपमा घरेलु मदिरा विक्री गर्न निषेध गरिएको छ ।


