डाक्टर केसीको समर्थनमा धनकुटा अस्पतालका चिकित्सकहरु पनि उत्रिए आन्दोलनमा
धनकुटा खबर, साउन २७ । आमरण अनसन बसेका डाक्टर गोबिन्द केसीको समर्थनमा धनकुटा अस्पतालका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

तस्वीर: बिरोधमा धनकुटा अस्पतालका चिकित्सक
बिरोध स्वरुप अस्पतालका सबै स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर शुक्रबार देखि अस्पतालबाहिर बहिरंग सेवा (ओपिडी)सन्चालन गरेका छन् ।
१८ दिन बित्दा पनि डा.केसीको माग प्रति सरकारले बेवास्ता गरेकोले केन्द्रको परिपत्र अनुसार जिल्लामा पनि बिरोधको कार्यत्रलम गरिएको अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा रहेको भ्रष्टाचार अन्त्य गर्न र नीजि मेडिकल कलेजहरुलाई थप सम्बन्धन नदिन हाल प्राध्यापक डा. केसी ११ पटक आमरण अनसनमा रहेका छन् ।


