आदिबासी धनकुटा शाखाले १८ स्थापना दिवस मनायो

धनकुटा खबर, साउन २७ । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फनिज) को १८ औं स्थापना दिवसको उपलक्षमा धनकुटा शाखाले शुभकामना आदाप्रदान र अन्तरक्रिया कार्यक्रम गरेको छ ।

धनकुटा शाखाको अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानिय तहको नयाँ संरचनामा सन्चारकर्मीहरुको भूमिका र दायित्व बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा तामाङ पत्रकारकी मानवी मोत्तान,लिम्बु पत्रकास संघका नन्द्र सिंह नेम्वाङ्ग,राई पत्रकारका अध्यक्ष अजय सन्तोषी राई,प्रेस यूनियन धनकुटाका अध्यक्ष यानिन्द्र तिगेला, साझा सन्चार नेपाल धनकुटाका अध्यक्ष भेषराज कट्टेल लगाएत सन्चारकर्मीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

फनिजका सल्लाहाकार द्वय बिजय सन्तोषी राई र नगेन्द्र राई,नेपाल आदिबासी जनजाति प्रतिष्ठानका पूर्व अध्यक्ष आनन्द सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकसटाका अध्यक्ष राजेश्वरले १८ वटा मैन बत्ति बालेर स्थापना दिवसको उत्घाटन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।