धनकुटा अस्पतालमा कानको श्रवण यन्त्र राखियो, अब ४ जिल्लाका अपांगता भएकाहरुले तराई झर्नै नपर्ने

धनकुटा खबर, साउन २७ । अब धनकुटा लगाएत पूर्वी पहाडका ४ जिल्लाका कान नसुन्ने अपांगता भएका ब्यक्तिहरुले परिचय–पत्र लिनका लागि कानको श्रवण परिक्षण गर्न तराईका स्वास्थ्य संस्था धाउनु पर्ने बाक्यताको अन्य भएको छ ।

शुक्रबार देखि धनकुटा अस्पतालमा कानको श्रवण परिक्षण यन्त्र अडियो मिटर राखेपछि धनकुटा लगाएत तेह्रथुम,भोजपुर र संखुवासभा जिल्लाका कान सम्बन्धी अपांगता भएकाहरुलाई राहत पुग्ने भएको छ ।

महिला,बालवालिका तथा समाजकल्याण मन्त्रालयको ३ लाख १९ हजारको सहयोगमा उक्त अडियो मिटर र एसी मेसिन महिला पुनस्थापना सेवा केन्द्र धनकुटाले अस्पताललाई हस्तान्तरण गरेको छ ।

संस्थाले अस्पतालमा एक सामाग्री हस्तान्तरण कार्यक्रम गरेर प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती,जिल्ला शिक्षा अधिकारी राम बहादुर थापा,पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ र अपांग महासंघका केन्द्रिय सदस्य यम बहादुर बस्नेतको रोहवरमा उक्त सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त यन्त्र राखेपछि पूर्वका ३ जिल्लाबाट र धनकुटाबाट ५२ किलोमिटर धरान गएर श्रवण परीक्षण गर्नुपर्ने बाध्यताको अन्य भएको धनकुटा अस्पतालका डाक्टर मदन कुमार उपाध्यायले बताउनु भयो ।

यस अघि धनकुटाका ७ वटा अपांगता अध्यापन गराईने बिद्यालयहरुको श्रोत कक्षा ब्यबस्थापका लागि संस्थाले रु १० लाख बरावरको भौतिक सामाग्रीहरु सहयोग गरेको सेवा केन्द्रकी अध्यक्ष जया राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।