हिले वक्रकुण्ड टोलबासीले आफै गरे पिउनेपानीको समास्या समाधान

धनकुटा खबर, साउन २७ । लामो समय देखी पीउनेपानीको समस्या खेप्दै आएका धनकुटा १ हिले वक्रकुण्ड टोल वस्तिका स्थानीयले आफ्नो समस्या आफै समाधान गरेकाछन् ।

सो टोल वस्तिका प्रत्येक घरवाट प्रतिघर २२-२२ हजारको दरले पैसा उठाएर करिव १ सय मिटर तलको मुहानवाट पानी तानेर वस्तिमा ल्याएपछि उनीहरुको पीउनेपानीको समस्या समाधान भएको हो ।

पानी तानेर घरघरमा जोडिए सँगै आज एक कार्यक्रमको आयोजना गरि सो पीउने पानीको उद्घाटन पनि गरिएको छ । बक्रकुण्ड पिउने पानी उपभोक्ता समितिका अध्यक्ष नगेन्द्र पान्डेको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं १ हिलेका वडा सदस्य लालचन्द्र गोङ्गवाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा मुहानवाट वस्ति सम्म पानी तान्नका लागि ४ लाख ९४ हजार रुपैया खर्च भएको समितिका कोषध्यक्ष बिबिन्द्र बिस्टले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै वडा सदस्य गोङ्वाले सवै कामका लागि जनताले राज्यको मात्र मुख नताकी बक्रकुण्ड पिउने पानी उपभोक्ता समितिको स्थानीय जस्तै आफ्नो समस्या समाधानका लागि जनता आफै पनि जागरुक हुनुपर्ने वताउनुभयो । उहाँले १ नं वडाको स्थानीयले वर्तमान समयमा खेप्दै आएको पिउने पानीको समस्या चाडै समाधान गरेर मात्र बाटोघाटो,बिजुलीबत्तीको समस्या समाधान तर्फ लाग्ने वताउनुभयो ।

पीउनेपानी उद्घाटन कार्यक्रमको सञ्चालन बक्रकुण्ड पिउने पानी उपभोक्ता समितिका सचिब चन्द्र कृष्ण ठकुरीले गर्नुभएको थियो । यो पानीवाट अहिले सो टोल वस्तिका २३ घर उपभोक्ता लाभाभान्वित भएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।