नेपाल आईडल बाट प्रमिला राई आउट भएपछि खुल्यो नेपाल आइडलको भित्रि कुरा (भिडियो सहित)

प्रमिला राई नेपाल आइडलबाट आउट !

काठमाडौं, नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडल उत्कर्षतिर पुगेको छ।कलेज, स्कुल, कार्यालय, सार्वजनिक यातायात, चिया पसलदेखि हरेक जमघटमा एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आइडलको चर्चा हुन थालेको छ।

प्रतियोगितामा उत्कृष्ट सातबाट प्रमिला राई बाहिरिएकी छन्।नेपाल आइडलमा उत्कृष्ट सातसम्मको यात्रा तय गरेकी प्रमिला पप रक गीत गाउन रुचाउँछिन्। अंग्रेजी गीत पनि उनको रुचिमा पर्छ।

नेपाल आइडलका लागि प्रमिलाले राजधानीबाट अडिसन दिएकी थिइन्। काठमाडौंको बालाजु निवासी २२ वर्षीया प्रमिला स्नातक अध्ययनरत छिन्।

नेपाल आइडलमा आएर आफूले प्राप्त गरेको पहिचान र लोकप्रियताले भविष्यमा सांगीतिक यात्रा अगाडि बढाउन सजिलो हुने उनको भनाइ छ। परिवारको प्रेरणा र खासगरी बुवाको साथका कारण संगीत क्षेत्रमा लागेकी प्रमिलाले यसअघि औपचारिक रूपमा कसैसँग पनि संगीत सिकेकी छैनन्।

आफ्नो मेहनत र संगीतप्रेमी श्रोतादर्शकको माया र साथका कारण उत्कृष्ट सातसम्मको यात्रा तय गरेको उनको भनाइ छ ।नेपाल आइडल उपाधिका लागि प्रतियोगीहरू जति नजिक आउँदैछन् उनीहरूको चर्चा र लोकप्रियता उत्तिकै बढ्दै छ । यो गायन रियालिटी सो हजारौं युवाको सपना बनेको छ ।

पहिलो नेपाल आइडलको उपाधि विजेता चयन नहुँदै दोस्रो सिजनको तयारीमा लाग्नेहरू हजारौं छन् । नेपाल आइडलका लागि नेपालगन्जका ३० वर्षीय सुरज थापा, ललितपुरका २२ वर्षीय प्रदाप दास, बुटवलकी २१ वर्षीया सुजाता पाण्डेय, मोरङका २१ वर्षीय निशान भट्टराई, चितवनका २० वर्षीय सागर आलेमगर र पोखराका २० वर्षीय बुुद्ध लामा उत्कृष्ट ६ मा पर्न सफल भएका छन्।

सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनलाई पुराना पुस्तामा नारायणगोपाल, भक्तराज आचार्य एवं नयाँ पुस्तामा स्वरूपराज आचार्यको स्वर मन पर्छ। आफ्नो स्वरको स्तर, मेहनत र आत्मविश्वासका कारण नेपाल आइडलको यात्रा निरन्तर सफलतातिर लम्किरहेको उनको भनाइ छ।

त्यसैगरी नारायणगोपाल र कर्णदासको स्वर मन पराउने प्रताप आफ्नो एकमात्र लक्ष्य नेपाल आइडल बन्ने रहेको बताउँछन्। पारिवारिक वातावरण नै सांगीतिक भएकाले आफूलाई यस क्षेत्रमा लाग्न सजिलो भएको उनको भनाइ छ।

उत्कृष्ट ६ मा परेकी एकमात्र महिला प्रतियोगी सुजाता पाण्डेय अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउँछिन्। बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन्।

बुटवलमा हुँदा बागेश्वरी संगीतालयमा शास्त्रीय संगीत सिकेकी उनको पनि लक्ष्य जित नै हो। प्रतियोगिताका प्रबल दाबेदारमध्ये एक हुन् निशान भट्टराई।

गजल र आधुुनिक शैलीका गीत मन पराउने उनी सबै खाले गीत गाउन सक्छन् । सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ र सहयोगले गायन क्षेत्रमा लाग्न आफूलाई सहज भएको उनको भनाइ छ।

अहिलेसम्म औपचारिक रूपमा संगीत नसिकेका सागर नयाँ शैलीको आफ्नो स्वर, मेहनत र सबैको साथले नेपाल आइडलमा उत्कृष्ट ६ सम्मको यात्रा तय गर्न सकेको बताउँछन्। परिवारमा सांगीतिक वातावरण भएकाले यस क्षेत्रमा आफूलाई सजिलो भएको उनको भनाइ छ।

अहिलेसम्म बटम लाइनमा नपरेका पोखराका बुद्ध लामा नेपाल आइडलका अर्का प्रबल दाबेदारका रूपमा देखा परेका छन्। परिवार खासगरी दिदी र दाइका कारण गायनमा लागेका उनी पुुराना र आधुुनिक शैलीका गीत बढी मन पराउँछन्।

https://youtu.be/Lzv8v3lXWvQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।