कार्यभार सम्हालेको २ दिनमै पोखरामा एसपी सिंहले गरे यस्तो काम !

पोखरा, साउन ३० । कास्कीमा नयाँ प्रहरी प्रमुख गएसँगै प्रहरीले त्यहाँ संचालित २ वटा जुवा खालमा छापा मारेको छ ।

ललितपुरबाट कास्की सरुवा भएका एसपी अशोक सिंह त्यहाँ पुगेसँगै महेन्द्रपुल र लेकसाइटमा संचालित २ वटा जुवा खालमा प्रहरीले छापा मारेको हो। पोखरा लेकनाथ महानगरपालिका ७ स्थित भुपु एपीएफ खाजा घरमा प्रहरीले छापा मारेर १० जनालाई पक्राउ गरेको छ।

त्यस्तै महेन्द्रपुलस्थित भुपेन्द्र हिराचनको घरको पाचौं तल्लामा छापा मारेर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १० लाख ६५ हजार रुपैयाँ बरामद भएको एसपी सिंहले बताए। सेतोपाटीमा खबर छ- एसपी सिंहले कार्यभार सम्हालेको २ दिनमा नै हो हल्ला गर्ने र गुन्डागर्दीमा सम्लग्न १ सय २ जनालाई नियन्त्रणमा लिएका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।