चीनले दियो १५ अर्ब १५ करोड र १० लाख डलरको बिशाल सहयोग : नेपाल-चीन बीच ३ वटा समझदारीमा हस्ताक्षर (भिडियो सहित)

तातोपानी नाकालाई १५ अर्ब, बाढी पिडितलाई १० लाख डलर, नौतले दरबारलाई १५ करोड दिनेदेखि नेपाल–चीनबीच तीनवटा समझदारीमा हस्ताक्षर

मंगलबार काठमाडौंमा सम्पन्न नेपाल–चीन उपप्रधानमन्त्री स्तरीय बैठकमा चीनले तातोपानी नाका खुलाउन करिव १५ अर्ब आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने सहित ३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अरनिको राजमार्गलाई स्तरोन्नति गरेर तातोपानी नाका खुलाउन चीन सरकारले करिव १५ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदार पत्रमा हस्ताक्षर गरिएको अर्थ सचिव शान्तराज सुवेदीले जानकारी दिए । सो रकम रसुवाको टिमुरेमा पुल निर्माणका पनि खर्च गरिनेछ ।

बैठकमा नेपालको हिमाल, पहाड र तराईमा पेट्रोलियम पदार्थ, ग्यास र खानी अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्न चीनले सवा २ अर्ब आर्थिक सहायता उपलब्ध गराउने समझदारी पनि भएको छ । त्यसैगरी नेपालको पूर्वाधार विकासमा जोड दिएर लगानी भित्रयाउने समझदारीमा पत्रमा पनि चीन र नेपालबीच हस्ताक्षर भएको छ ।

नेपालको सडक मार्ग, रेलमार्ग, वन, पर्यटन, जलविद्युत क्षेत्रको विकासका लागि चीनले लगानी भित्रयाउन खोजेकाले सोको प्रारुप तय गर्न समझदारी गरिएको अर्थ सचिव सुवेदीले बताए । समझदारी छिटो कार्यान्वयनमा लैैजान पनि दुवै मुलुक सहमत भएका छन । समयको सीमा नतोकि भएका समझदारी छिटो कार्यान्वयनमा लैजाने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

बैठकमा चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको स्थायित्व र विकासमा चीनले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यता, नेपाली पक्षले पनि तातोपानी नाका खुलाउन चिनियाँ पक्षको पुनःध्यानाकर्षण गराएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले गरे ।

चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै नेपाल र चीन तीन सम्झौतामा पेट्रोलियम अन्वेषणदेखि लगानीसम्मको छलफल भएको छ

नौतले दरबार पुनःनिर्माण : नेपाल र चीनका उपप्रधानमन्त्रीले गरे शुभारम्भ

विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबार क्षेत्रमा अवस्थित पुरातात्विक महत्वको नौतले दरबार पुनःनिर्माण शुभारम्भ भएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको सो दरबार दुईवर्ष बितेपछि चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा बल्ल पुनःनिर्माण अगाडि बढेको हो ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपाल भ्रमणमा रहेका जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले वसन्तपुर दरबारमा आयोजित कार्यक्रममा आज संयुक्तरुपमा पुनःनिर्माण शुभारम्भ गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले भूकम्पले क्षतिग्रस्त बनेको नौतले दरबार र नुवाकोटको साततले दरबार चिनियाँ सरकारले पुनःनिर्माण गर्न लागेको जानकारी दिए ।

चीनका वाणिज्य उपमन्त्री तथा अन्तरराष्ट्रिय व्यापार उपप्रतिनिधिले नेपालको ऐतिहासिक सम्पदा पुनःनिर्माणको अवसर पाएकामा खुशी व्यक्त गरे ।

चीनले पाँच वर्षमा करिब १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

उनले भूकम्पले क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रको आगम्छे घर र पाटन दरबार क्षेत्रको देगु तलेजु मन्दिर जापान सरकारको सहयोगमा पुनःनिर्माण गर्ने गरी सम्झौता भएको बताए । दुवै सम्पदा पुनःनिर्माणमा रु ३३ करोड लाग्ने विभागले जनाएको छ ।

पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत नेपाल भ्रमणमा रहेका चिनियाँ प्रतिनिधिमण्डलको सहभागिता थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖