स्वाइन फ्लूका बिरामी ‘स्वास्थ्यकर्मी’लाई नै अस्पतालले भर्ना लिएन, विमानले पनि बोक्न मानेन

नेपालगञ्ज, ३१ साउन । रोल्पाका सुमन बिक रुघाखोकी लागेपछि साउन २७ गते साँझ भेरी अञ्चल अस्पताल भर्ना भए । भोलिपल्ट चिकित्सकले उनलाई सिजनल फ्लू भएको भन्दै काठमाडौं वा लखनउ जान सुझाए ।

सुमन आफैं स्वास्थ्यकर्मी हुन् । डुब्रिङ ६ स्थित हेल्थपोष्टमा ग्रामिण स्वास्थ्य कार्यकर्ता उनी उपचारका लागि बुबा र श्रीमतीसहित नेपालगञ्ज आएका थिए । स्वाइन फ्लू लागेको थाहा भएपछि परिवारले २८ गते भारतको लखनउतर्फ लगे ।

तर, त्यहाँ साहारा र पीजीआई अस्पतालले भर्ना लिएनन् । निजी अस्पतालले दिल्ली वा काठमाडौं जाने भनेपछि मंगलबार विहान नेपालगञ्ज नै फर्किए ।

तर, स्वाइन फ्लूको बिरामी भन्दै भेरी अञ्चल अस्पतालका साथै अन्य अस्पतालले पनि भर्ना लिन मानेनन् । ‘यो थाहा पाएपछि म आफैं नेपालगञ्ज मेडिकल कलेजको नर्सिङ होममा गएँ तर, उनीहरुले सुमनलाई भर्ना लिन मानेनन्,’ हेल्पिङ भ्वाइस नेपालका रामसुहाउन साहले भने, ‘अक्सिजन मात्र भएपनि दिनुस् भन्दा पनि दिएनन् ।’

बिक उपचारका लागि विमानबाट काठमाडौं जान चाहे । डाक्टरबाट ‘फिट टु फ्लाइट’ अर्थात् हवाई यात्रा गर्न सक्छ भन्ने प्रमाणित पनि गराए । तर, टिकट पाएनन् । विमान चार्टर गर्न ३ लाख ५० हजार रुपैयाँ चाहिने भयो । जसोतसो पैसा जोहो गरेर उनले सीता एयरको विमान चार्टरका लागि बुकिङ गरे ।

उनी काठमाडौं आउन विमानस्थल पुगेर विमान पनि चढे । तर, उड्नुअघि परिचारिकाले सोधिन्, के रोग हो ? । सँगै रहेकी सुमनकी पत्नीले सिजनल फ्लू भएको बताइन् ।

हत्तपत्त परिचारिका विमानबाट झरिन् र नजिकै रहेका पाइलटलाई सुनाइन् । लगत्तै उनलाई लैजान नसक्ने जानकारी दिइयो ।

त्यसपछि उनलाई एम्बुलेन्स खोजेर काठमाडौं पठाइएको अधिकारकर्मी रामसुहाउन साहले बताए ।

तर, लगातारको वर्षापछि आएको बाढीका कारण सडक राम्ररी सुचारु हुन सकेको छैन ।

सीता एयर, नेपालगञ्जका मनोज भारतीले सुमनलाई काठमाडौं नलगेको स्वीकार गरे । उनले भने, ‘बुक गर्दा बिरामी मात्रै भनेको थियो तर, सरुवा रोग भनेपछि लान मिलेन ।’

अहिले सो विमानका सबै कर्मचारी स्लाइन फ्लूको भ्याक्सीन लगाउन मेडिकल कलेज पुगेको उनले बताए । – अनलाइन खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।