मन्त्री ज्यूलाई जुत्ता जोगाउनको पीर, धुर्मुसलाई बाढी पीडितको !

काठमाडौं । बाढी पीडितको स्थलगत निरिक्षणका लागी सप्तरी पुगेका सरकारका दुई मन्त्रीको जुत्ता जोगाउन इटा राखिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ ।भने कलाकार सीताराम कट्टेल (धुर्मुस)ले बाढीमा फसेकाहरुलाई बोकेका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

सोमवार सप्तरीमा बाढी पीडितको अबस्था बुझ्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री जीतेन्द्र देव र वातावरण मन्त्री मिथिला चौधरीलाई सप्तरीमा हिँड्न सहज होस् भनेर जमिनमा ईटा बिछ्याइएको थियो । मन्त्री देव लोकतान्त्रिक फोरमबाट मन्त्री बनेका हुन् भने चौधरी नेकपा संयुक्तबाट ।

सोमवार नै आपूर्ति मन्त्री शिवनारायण मण्डलले जुत्ता खोलेर बाढी पीडितको उद्दारमा सक्रिय भएका थिए । तर सामाजिक सञ्जालमा मन्त्री देव र चौधरीको चर्को विरोध भइरहेको छ । ‘मधेसका जनतामा उद्धार नपाएर रुवावासी छ, यी मन्त्रीलाई आफ्नो जुत्ताको चिन्ता छ । हेलिकप्टरबाट गएका यी मन्त्रीको जुत्ता जोगाउन हेर्नुस् भएको व्यवस्था’ सुरेश यादवले ट्वीटरमा लेखेका छन् ।

चर्को विरोध भएको चाल पाएपछि वातावरणमन्त्री चौधरीले इट्टा विच्छ्याएकोका व्यवस्थापन गर्नेलाई आफूले गाली गरेको दाबी गरिन। ‘म त किसानको छोरी हिलोमा हिँड्न दुख लाग्दैन, भुकम्पको समयमा पनि काठमाडौंमा सडकमै सुतेको हो,’ मन्त्री चौधरीले भनिन, ‘यो किन बिच्छ्याउनु भयो भनेर गाली गरेकी थिए ।’

मन्त्री चौधरीले पीडितहरुको गुनासो सम्वोधन गर्न आफु लागि परेको बताइन् । ‘मैले अस्तिको मन्त्रीपरिषद् बैठकमा पनि पानीको वोतल बाँढ्न माग गरेकी थिए, आजपनि त्यो कुरा उठाउँदै छु’ उनले भनिन्, ‘सप्तरीमा बसेर काम छैन, यहीँ काठमाडौंमै बसेर राहात सामान पठाउन दवाव दिएकी छु ।’-हाम्रो देश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।