वाढीपीडितको घरमा अर्को पीडा : श्रीमानलाई मदिरा खुवाएर श्रीमतीमाथि बलात्कार

पश्चिम दाङमा एक बाढी पीडित महिला बलात्कृत भएकी छन् । बबई गाउँपालिका २ ट्वाङखोलाकी २१ बर्षिया सीता खड्का(नाम परिवर्तन)लाई सोही गाउँपालिकाको वडानम्बर ५ हापुरेका २६ बर्षिय इन्द्रबहादुर वलीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरमा बाढी पसेर महिलाको घर जलाम्य थियो । घरभित्रको पानी बाहिर फालिरहेकी ती महिलालाई साउन २९ गते राती १० बजेतिर वलीले बलात्कार गरेका थिए । वलीले ती महिलाका श्रीमान्लाई घरनजिकैको होटेलमा मदिरा सेवन गराई बेहोस बनाएर श्रीमतीलाई बलात्कार गरेका थिए ।

वलीलाई नियन्त्रणमा लिएर जबरजस्ती करणी ऐन अनुसार मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक विवेक कुमार शाहले जानकारी दिए । रातोपाटीमा खबर छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।