सरकारले बाडेको राहतमा कुहिएको चामल, बिरामी पर्न थाले विस्थापित

सप्तरी, ३२ साउन । जिल्ला देवीप्रकोप उद्धार तथा राहत व्यवस्थापन समितिले बाढीपीडितलाई गत शनिबार उपलब्ध गराएको चामल कुहिएको पाइएको छ ।

समितिले पीडितलाई तत्कालै सामूहिक रूपमा खाना खुवाउन एक सय ८० केजी चामल बाँडेको थियो । कुशाह, बनरझुला र मल्हनियाँमा चामल बाँडिएको थियो । तर, कुहिएको पाइएपछि नखाएको बनरझुलाका बाढीपीडित जागेश्वर रायले बताए ।

बिरामी पर्न थाले विस्थापित

सप्तरीका ८० प्रतिशत भूभाग डुबान हुँदा झन्डै एक लाख स्थानीय प्रत्यक्ष प्रभावित भएका छन् । खाँडो, सुन्दरी, महुली, जिता तथा बलान खोलामा आएको बाढीले प्रभावितहरू शुद्ध खानेपानीको अभाव र घरमा छिरेको प्रदूषित पानीले बिरामी हुन ।

थालेका छन् ।बाढीले सबभन्दा बढी क्षति तिलाठीकोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका भएको छ । पछिल्लोपटक गत आइतबार साँझ महुली खोलाको बाढी पूर्वपश्चिम राजमार्ग हुँदै भारदहका बस्तीतर्फ सोझिएपछि भारदह बजारमा मात्रै करोडौँको क्षति भएको छ ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको औषधिसहितको चिकित्सकहरूको टोली मंगलबारसम्म उपचारका लागि सप्तरी आएको छैन । मेरो परिवारमा मात्रै सातजनालाई ज्वरो आएको छ, बनरझुलाका बाढीपीडित विजयकुमार रायले भने, बाढीमा सबै धनमाल बग्यो, पैसा छैन, कहाँबाट अस्पताल लग्ने ? नयाँपत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।