प्रधानमन्त्री र गृहमन्त्री नै निकम्मा भएको एक मन्त्रीको आरोप
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री र गृहमन्त्री नै निकम्मा भएको एक मन्त्रीले आरोप लगाएका छन् । सहरी विकासमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरो पीडितलाई उद्धार र राहतमा असफल भएको आरोप लगाएका हुन् ।

‘अहिले सम्म मधेसको आठ ओटा जिल्लामा न उद्धार भएको छ, न राहात पाएका छन् जनता भोक भोकै बसेका छन्,’ नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै उनले भने,‘प्रधानमन्त्री देउवा र गृह मन्त्री जनार्दन शर्मा ति जिल्लाहरुमा पुगेका समेत छैनन् । यो सरकार निकम्मा भयो । अहिलेसम राहत ‘एक मुठी पनि तराईमा वितरण गरेको छैन ।’
राज्य सत्ताको निति नै मधेस विरोधी भएकाले पाँच दिन हुदाँ पनि तराईका जनताले राहत नपाएको उनको आरोप छ । मन्त्रीले नै यसरी प्रधानमन्त्री र गृहमन्त्रीको विरोध गरेको यो अनौठो घटना हो ।
– यो समाचार हामीले दृष्टी न्यूजबाट साभार गरेका हौ ।


