‘अब फेसबुकमा अश्लिल तस्बिर राख्न नपाइने, राखे फेसबुकले कारबाही नै गर्ने !’

फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमति बिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ ।

फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ ।

यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागु हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन ।

फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।

यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ ।

त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ ।

यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर ।

फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरु प्रयासरत रहेको बताएका छन् । – पानाखबरको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।