‘विप्लव’ छाडेका कार्यकर्ताले नयाँ पार्टी बनाए

बेसीशहर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी त्यागेका नेता कार्यकर्ताले नयाँ पार्टी गठन गरेका छन् । नेकपा परित्याग गरेका १९ जनो कार्यकर्ताले लम्जुङको बेशीशहरमा बुधबार एक कार्यक्रम गरी नयाँ पार्टी घोषणा गरेका हुन् ।

बेंसीसहरमा र पत्रकार भेटघाट कार्यक्रम गरी उनीहरुले ‘फ्रिडम कम्युनिष्ट लिग नेपाल’ केन्द्रीय समिति निर्माण गरेको जनाएका छन् । नवगठित पार्टीले पूर्णरुपमा भूमिगत भएर काम गर्ने बताइएको छ । नवगठित पार्टीको केन्द्रीय समिति सदस्यमा प्रशान्त कार्की, राजकुमार विक, गीता तिमिल्सिना, सीता खनाल, राजु खान, रामबहादुर थारु, जीवन्त खनाल लगायत छन् ।

भदौ अन्तिम साता पोखरामा पार्टीको भेला बोलाउने र कार्यदिशा तय गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । विप्लव नेतृत्वको पार्टीको विकल्पमा नयाँ पार्टी गठन गरिएको उनीहरुको भनाइ छ । उनीहरुले विप्लवसँगको पाँच बुँदे सहमति पनि सार्वजनिक गरेका छन् ।

विप्लवमा बैचारिक विचलन आएको, जनवादी क्रान्तिको सैद्धान्तिक हिसावले विवादित कुरा बोल्दै हिडेको, माक्र्स र कम्युनिष्ट विपरित कुरा उठाएको, चुनाव खारेजी अभियान चलाएपनि रोल्पाको थवाङमा चुनावमा उठाउने काम गरी कार्यकर्तालाई ढाँटेको तथा वैद्य भन्दा पनि अकमन्यतामा फस्दै गएको आरोप लगाएका छन् ।

दुई सदस्य नेकपाको कारबाहीमा

फ्रिडम कम्युनिष्ट लिग नेपालको नयाँ पार्टी खोलेका २ सदस्यलाई विप्लव नेतृत्वको नेकपाले पार्टीबाट निष्काशन गरेको जनाएको छ ।

साउन २९ गते आइतबार मिति रहेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति लमजुङले दुई जिल्ला नेताहरु सुजन अधिकारी र भोजराज त्रिपाठीलाई पार्टीबाट निष्कासन गरेको जनाइएको छ । त्रिपाठी नयाँ पार्टी फ्रिडमका महासचिव हुन् । नेकपामा रहेर अधिकारी जिल्ला सदस्य र त्रिपाठीले क्षेत्र नं. २ को इन्चार्ज भएर काम गर्दै आएका थिए ।

नेकपाका जिल्ला इन्चार्ज निरु थापा र सेक्रेटरी सन्तोष कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत अधिकारी र त्रिपाठीलाई पार्टीको गोपनीयता भंग नगर्न चेतावनी पनि दिइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।