१५ वर्षपछि रु. २ अर्ब ४० करोडको सञ्चालन नाफामा विद्युत प्राधिकरण : यस्तो छ कुलमानको चमत्कार…

विद्युत उत्पादन, प्रसारण र वितरणको एकाधिकारप्राप्त पूर्ण सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरण १५ वर्षपछि सञ्चालन मुनाफामा गएको छ । नयाँ नेतृत्वले नयाँ ढंगबाट विजुलीको ब्यवस्थापन र चुहावट नियन्त्रण गर्दै काम गरेपछि प्राधिकरण १५ वर्षपछि सञ्चालन नाफामा फर्किएको हो ।

तर, अझै पनि प्राधिकरण खुद घाटाबाट बाहिर निस्किन सकेको छैन । ०५९देखि विद्युत प्राधिकरण निरन्तर घाटामा थियो ।

प्राधिकरणले गत आर्थिक वर्ष ०७३/७४मा दुई अर्ब ४० करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको हो । प्राधिकरण आर्थिक वर्ष ०७२/७३मा तीन अर्ब ६ करोड ३९ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत वर्षको वाषिर्कोत्सवमा प्राधिकरणलाई नाफामा लैजाने घोषणा गरेका थिए, त्यसपछि प्राधिकरणको व्यवस्थापकीय सुधारको प्रतिबद्धता सहित कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान आफ्नो व्यवस्थापकीय कुशलता देखाएका छन् ।

प्राधिकरणको खूद नोक्सानी पनि एक अर्बभन्दा कम भएको छ । आव ०७२/७३मा ८ अर्ब ८९ करोट खूद घाटामा रहेको प्राधिकरणको नाफा आव ०७३/७४मा उलेख्खरुपमा घटेर ९७ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

विद्युत चुहावट नूनीकरण, आयातित विद्युतको औसत खरिद दरमा कमी, विद्युत महसुलमा समायोजन, प्रमुख शहरमा नियमित विद्युत आपूर्ति र आशिंकरुपमा भएको वित्तीय पुर्नसंरचना लगायतका संस्थागत सुधारले खुद नोक्सानी न्यून गर्न सकिएको घिसिङले बताए ।

अघिल्लो अावमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ३५ अर्ब सात करोड ३५ लाख आम्दानी गरेको प्राधिकरणले गत आबमा बढाएर ५० अर्ब २२ करोड ९४ लाख रुपैयाँ पुर्‍याएको छ । प्राधिकरणको अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिव ४३.२१ प्रतिशतले बढेको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा निजी जलविद्युत उत्पादक र भारतसँग ४५ अर्ब ५७ करोड २० लाख रुपैयाँको खरिद गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २६.२८ प्रतिशतले बृद्धि भएको हो ।

घिसिङले आगामी दिनमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि समग्र प्रयास केन्दि्रत गर्ने बताएका छन् ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले प्राधिकरणले विद्युत उत्पादन, प्रसारण र वितरणको काम गर्ने, सरकार तथा निजी क्षेत्र समेतले परस्पर सहयोग, समन्वय र लगानी गरी अनुकूल वातावरण सिर्जना गर्न सकेमा ऊर्जा क्षेत्रको समग्र विकास हुने बताए ।

‘परम्परागत ठेक्का व्यवस्थापन, सेवा प्रवाह व्यवस्थापन सुधार गरी परिणाममूखी र जवाफदेही कार्यसञ्चालन व्यवस्थापनको अभ्यास गर्न ढिलाइ भइसकेको छ’ उनले भने,’यसतर्फ प्राधिकरण क्रियाशील हुनुपर्छ ।’ – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।