डुबानमा परेको भन्दै सुस्ताबासीले भारतीय सीमाको बाँध भत्काए

परासी, १ भदौ । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । यद्यपि स्थानीय प्रशासनले स्थानयबासीलाई मनाउने प्रयास जारी राखेको छ र नहरमा पानी खस्न दिएको छैन ।

हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुबानमा परेको थियो । नहरको बाँधका कारण डुबानमा परेको भन्दै स्थानीयले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले भाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनु पर्ने बताएका छन् ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८/१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी खसेको छैन । स्थानीय प्रशासनले रोकेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयबासी बाँधमा पुगेको स्वीकार गरे । ‘खेतको पानी नहरमा हाल्नुपर्‍यो भनेर स्थानीय पुगेका हुन् तर, हामीले भारतीय पक्षसँग कुरा गर्छौं भनेर रोेकेका छौं,’ रानाले भने ।

नारायणी नदीको पानी गण्डक जलविद्युत आयोजनाका लागि नहरमा ल्याइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गर्दछ । – अनलाइनखबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।