चीनलाई मात दिँदै भारतले बाढीपीडितका लागि घोषणा गर्यो ४० करोड सहयोग
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तराई मधेशका बाढीपीडितका लागि ठूलो रकम सहयोगको घोषणा गरेका छन् । चीनले बाढीपीडितका लागि दश करोड सहयोग घोषणा गरे लगत्तै भारतले चालिस करोडको सहयोग रकम घोषणा गरेको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन सम्पर्क गरी भारतीय प्रधानमन्त्री मोदीले बाढीपीडितका लागि सो रकम दिने प्रतिबद्धता जाहेर गरेको देउवाको निजी सचिवालयले जनाएको छ ।
केही दिन अघि तराईमा गएको बाढीका कारण भएको धनजनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीले दुख समेत व्यक्त गरेको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् ।
प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार भारतीय प्रधानमन्त्रीले बाढीपिडितलाई ४० करोड रुपैया सहयोग गर्ने प्रधानमन्त्री देउवालाई प्रतिबद्धता जनाएका छन् । यसअघि चिनिया उपप्रधानमन्त्री वाङ याङले १० करोड सहयोग गर्ने घोषणा गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदीसँगको फोन वार्तापछी यस्तो छ प्रधानमन्त्री देउवाको प्रतिक्रिया :

– नेपाल पानाबाट ।


