डा. बाबुराम भट्टराईको नयाँ शक्ती रित्तियो, अब पत्नी हिसिला सहित ५ जना मात्र बाँकी रहे

माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा नारायण श्रेष्ठ र वन्दना सुवेदी मात्र छन् ।

जसमा हिसिला र बाबुराम दम्पती भए बाकी ४ जनाले मात्र यतिबेला साथ दिएका छन। माओबादी इतरका एक दर्जन भए पनि ति लाखापाखा लाग्ने तयारीमा छन्। अभिनेत्री करिश्मा मानन्धरले पनि सक्रिय नहुने खबर भट्टराई समक्ष पुर्याएको श्रोतको भनाइ छ।

अहिले उक्त पार्टीमा साझा विवेकशील पार्टीमा झै अवकाशप्राप्त कर्मचारी, एनजीओ आइएनजीओ चलाएर बसेकाको बोलवाला देखिन्छ । बाँकी रहेका केही माओबादीमा र केही उपेन्द्र यादबको पार्टीमा प्रवेश गर्दैछन। केहि दिन भित्रमै भट्टराई लाइ सक्रिय तवरले सहयोग गर्ने दुइ दर्जनले पार्टी छोडे पछी बाबुराम संग पत्नी सहित ५ जना मात्र रहने भएका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।