बाग्लुङ बलेवाका लागी आयो दक्षिण एशियाकै नौलो हेलिकप्टर, उडान अर्को हप्ता

काठमाडौँ, ३ भदौ । हेली एयर नेपालले बाग्लुङको बलेवाका लागी नेपाल नागरिक उड्ययन प्राधिकरणबाट लाईट हेलिकप्टर उडानको अनुमति पाएको छ ।

दक्षिण एशियामै पहिलोपटक नेपालमा शुरु हुन लागेको लाईट हेलिकप्टरको उडानका लागी शुक्रबार हेली एयर नेपालले अनुमति पाएको हो । उडान अनुमतिको स्विकृत पाएको हेली एयरले बाग्लुङको बलेवा विमानस्थललाई बेस बनाएर भदौं दोस्रो सातादेखी उडान थाल्ने छ

गएको बैशाखमा दुईवटा ’लाइट’ हेलिकोप्टर ल्याएपनि हेलीएयरले उडानका लागी भने ४ महिनापछिमात्रै अनुमति पाएको हो । एकजनामात्रै बस्न मिल्ने यो हेलिकप्टरलाई बिशेषगरि पर्यटकहरुलाई सुन्दर दृश्यअवलोकनका लागी प्रयोग गर्न उदेश्यले शुरुवात गरिएपनि साँघुरो क्षेत्रमा उद्धारका लागी समेत उपयोगी हुने हेली एयरका धर्मराज बतौंलाले जानकारी दिए ।

अहिले २ वटा लाईट हेलिकप्टरमात्रै ल्याएर उडान अनुमति लिएको हेलिएयर छिट्टै थप २ वटा ठुला हेलिकप्टर ल्याउने योजनामा रहेको हेलिएयरका रोनन लामिछानेले बताए । टिभी अन्नपूर्ण थप लेख्छ – यो हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ । बाग्लुङको बलेवा विमानस्थललाई आधार बनाएर उडान गर्नेछ यो लाईट हेलिकप्टरबाट आन्तरिक तथा वाह्य पर्यटकलाई माउण्टेन फ्लाइट र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने लामिछानेको भनाई छ ।

झट्ट फोटोमा हेर्दा ठुलो ड्रोन जस्तो देखिने लाईट हेलिकप्टर अत्याधुनिक प्रविधीमा आधारित भएकोले एकदमै सुरक्षित र विषम परिस्थितिमा समेत जतासुकै ल्याण्ड गर्नसक्ने छ ।

पश्चिमाञ्चलको पोखरा र यसआसपासमा लोकप्रिय गृहलक्ष्मी ग्याँस बिक्रेता गृहलक्ष्मी समुहका अध्यक्ष बतौंला र बेलायतको अध्ययान सकेर फर्केका स्याङजाका लामिछानेको लगानीमा नेपाल भित्राइएको फ्रान्समा निर्मित यो हेलिकप्टर दक्षिण एशियामै नौलो हेलिकप्टर भएको हेली एयरको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।