संविधान संशोधन विधेयक फेल भएसँगै राजपाले उठायो नसोचेको कदम, संसद छाड्ने मिति तोकियो

काठमाडौं । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएसँगै राष्ट्रिय जनता पार्टी नेपालले व्यवस्थापिका संसद छाड्ने भएको छ । यसबारे औपचारिक निर्णय हुन बाँकी छ ।

तर, स्रोतले बताएअनुसार राजपाका २५ सांसदले भदौ ७ गते पर्सी संसद सदस्यबाट सामूहिक राजीनामा दिनेछन् । यसको निर्णय भोलि बस्ने राजपाको अध्यक्ष मण्डल बैठकले गर्ने स्रोतको दाबी छ ।

जुन एजेण्डामा राजनीति गरेको त्यो नै फेल भएपछि संसदमा बस्नुको औचित्य नरहेको भन्दै राजपाका सांसद राजीनामा दिएर संसद छाड्ने निष्कर्षमा पुगेको बताइन्छ ।

आज भएको मतदानमा बहुमत नपुग्दा विधेयक संसदमा अस्वीकृत भएको थियो ।

यस्तै, राजपाले आगामी असोज २ गते हुने तेस्रो चरणको चुनावमा भाग नलिने घोषणा गरेको छ । मधेसका माग पूरा गर्ने अन्तिम विकल्प संविधान संशोधन विधेयक नै असफल भएको भन्दै माग पूरा नभएसम्म चुनाव बहिष्कार गर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । नेपाल पानाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖