‘एमालेलाई मधेसविरोधी भनेर वा नभनेर केही फरक पर्दैन’ : ओली

काठमाडौँ, ६ भदौ । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता केपी ओलीले एमालेलाई मधेसविरोधी भनेर वा नभनेर केही फरक नपर्ने बताएका छन्।

सं‌विधान संशोधन विधेयक असफल भएको भोलिपल्ट संसदमा बोल्दै ओलीले जे पनि प्रतिपक्षलाई दोष लगाउने चलन भएकोले हिजो संशोधन असफल भएकोमा पनि मिडियामा आफूले प्रतिपक्षीमाथि आरोप लगाएको सुनेको बताएको पहिलो पोष्टले खबर छापेको छ ।

‘एमालेलाई मधेसविरोधी भनेर वा नभनेर केही फरक पर्दैन’, उनले भने, ‘मधेसी जनताको हितमा संविधान संशोधन थिएन। फेल गराउनु पर्थ्यो र फेल गराइयो। यसमा लुकाउनु पर्ने कुरा केही थिएन।’

उनले संविधान संशोधन विधेयक असफल हुनुको कारण सरकार भएको आरोप लगाउँदै भने, ‘हामीले पहिलेदेखि भनेको संविधान अपरिवर्तनीय दस्तावेज हैनर देश, जनता, लोकतन्त्रको लागि अनुकूल हुने गरी अग्रगमन र राष्ट्रिय एकताको पक्षमा संविधान संशोधन हुनसक्छ। छलफल गरौँ, परामर्श गरौँ, प्रस्ताव ल्याऔँ। तर सरकारले मानेन।’

‘हामीले अहिले के हतार, अलि पछि छलफल गरेर चुनाव पछि ल्याउँ भन्यौँ, सहमतिका साथ जान आग्रह गर्‍यौँ। तर बेग्लै उद्देश्यबाट बेग्लै ढंगले गुपचुप ल्याइयो। फेल गराउनै ल्याइएको थियो’, उनले भने।

ओलीले संशोधनमा भाषिक हिसाबले मैथिली, भोजपुरी, अवधि, थारु आदि भाषाविरुद्ध भएको र ती भाषा समाप्त पार्ने योजना त्यसभित्र भएकोले विपक्षमा भोट हाल्नुपर्थ्यो र असफल बनाउनु पर्थ्यो भने।

नेकपा एमाले सम्पूर्ण नेपाल र जनताको पक्षमा रहेको भन्दै उनले पार्टी एउटा जात विशेषको मात्र हैन, एउटा भूगोल विशेषको मात्र हैन, सबैको साझा पार्टी भएको जिकिर गरे।

संविधान संशोधनमा स्थानीय तहको राष्ट्रिय सभालाई भोट हाल्ने अधिकार खोसेर गर्न खोजेको के ? उनले प्रश्न राखे, कसरी अनुचित भयो? स्थानीय तहको अधिकारलाई कटौति गर्न खोजेको हैन र ?

उनले संशोधन सत्तापक्षकै माननीयहरुलाई चित्त बुझेको नभए पनि दलीय संलग्नताका कारण चुप बस्नु परेको र हुँदाहुँदा भोट हाल्नुपरेको बताए।

राष्ट्रियताको पक्षमा सदनले प्रतिनिधित्व गरेकोमा उनले नमन गर्दै भने, ‘संसदले जे निश्कर्ष निकाल्नुपर्ने हो, त्यही निकाल्यो। म धन्यवाद भन्न चाहन्छु।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖