प्रधानमन्त्री देउवाको मन्त्रिमण्डलमा ४९ सदस्यीय पुग्यो, १५ राज्यमन्त्री थपिँदै, शपथ आजै

काठमाण्डौ, भाद्र ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार फेरि आफ्नो मन्त्रिमण्डल विस्तार गर्दै छन् । उनले मंगलबार मन्त्रिमण्डलमा १५ जना राज्यमन्त्री थप गरेका हुन् । थपिएका राज्यमन्त्रीको आज दिउँसो तीन बजे पद तथा गोपनियताको शपथ गराइँदै छ ।

देउवाले आइतबार मात्रै माओवादीका ८ जना राज्यमन्त्री थपेका थिए ।

मंगलबार प्रधानमन्त्रीले कांग्रेसबाट १२ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्य मन्त्री थपेका छन् ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत जेठ २४ गते गठन भएको मन्त्रिमण्डल मंगलबार विस्तार भएसँगै ४९ सदस्यीय भएको छ । मन्त्रिमण्डलमा ३ उपप्रधानमन्त्री सहित २६ मन्त्री र २३ राज्यमन्त्री छन् ।

मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्रिन, सरिता प्रसाईं, अमरसिंह पुन र तेजुलाल चौधरी छन् ।

यसैगरी फोरम लोकतान्त्रिकबाट राज्यमन्त्री हुनेमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् ।

मन्त्रिमण्डल ५० काट्ने

देउवाको मन्त्रिमण्डल सदस्य ५० कट्ने भएको छ । आज राज्यमन्त्री थपेसँगै मन्त्रिमण्डल ४९ पुगिसकेको छ । प्रधानमन्त्रीले अझै ४ वटा मन्त्रालय आफ्नो माताहतमा राखेका छन् । उनले राप्रपा र अन्य साना दलको ‘भाग’ का लागि उक्त मन्त्रालय राखेका हुन् ।

उनले चार मन्त्रालय राप्रपा र साना दललाई दिएपछि उनको मन्त्रिमण्डल ५३ सदस्यीय हुनेछ । ५३ सदस्यीय भएपछि देउवाको मन्त्रिमण्डल अहिलेसम्मकै जम्बो हुने छ ।

राप्रपाले पनि राज्यमन्त्री पठाउँदा यो संख्या अझै थपिने छ । – ईकान्तिपुरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖