भारतमा देउवा र मोदीले स्वीच थिच्दा नेपालमा १८० मेगावाट बिजुली थपियो, हिउँदमा लोडसेडिङ नहुने

नयाँ दिल्ली, ८ भदौ । नेपालमा आगामी हिउँदको समयमा हुने लोडसेडिङ अन्त्य गर्न भारतले दिने भनिएको १ सय ८० मेगावाट विद्युत नेपाल लैजान दुई देशबीच अन्तरदेशीय प्रशारण लाइनको बिहीवार उद्घाटन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार दिउँसो रिमोट मार्फत हैदरावाद हाउसबाट कटैया–कुशवा र रक्सौल–परवानीपुर प्रशारण लाइनको उद्घाटन गरेका हुन् । ती दुई प्रशारण लाइन केही महिना पहिले निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा मुजफ्फरपुर–ढल्केवर प्रशारण लाइनको उद्घाटन भएको थियो । अहिले भारतबाट ३ सय ८० मेगावाट विद्युत नेपालले खरिद गरिरहेको छ ।

नेपालले यी प्रशारण लाइन मार्फत थप १ सय २० मेगावाट विद्युत खरिद गर्ने तयारी गरेको छ । भारतीय उर्जा मन्त्रालयले नेपालले चाहेमा थप १ सय ८० मेगावाट सम्म विद्युत नेपाललाई दिनसक्ने बताइसकेको छ ।

नेपाल–भारत उर्जा समितिमा नेपालले किन्ने विद्युतको मूल्य समेत निर्धारण भइसकेको छ । प्रशारण लाइनको काम सम्पन्न भएपछि सुख्खा यामममा नेपालले भारतबाट कुल पाँच सय मेगावाट विजुली खरिद गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।