अमेरिकामा एक नेपाली महिलालाई रेलको ट्र्याकमा धकेलेर हत्या गर्ने प्रयास

एक विक्षिप्त युवकले रेलको ट्र्याकमा धकेलिदिँदा अमेरिकामा नेपाली महिला घाइते भएकी छन् । ४९ वर्षीय कमला श्रेष्ठलाई अमेरिकाको इष्ट भिलेज सववे स्टेसनको रेल्वे लिकमा एक व्यक्तिले धकेलेर ज्यान लिने प्रयास गरेको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

उनी हट्सन मेट्रो स्टेसनमा एफ प्लेटफर्मको दोस्रो एभेन्यूमा उभिइरहेकी थिइन् । त्यतिबेलै कसैले पछाडिबाट ट्र्याकमा धकेलिदियो । यो घटना मंगलबार राति पौने ९ बजेको हो ।

भाग्यवस त्यतिबेला रेल आइरहेको थिएन र त्यहाँ रेल कुरिरहेका अन्य मानिसहरुले कमलालाई तत्कालै बाहिर निकाले । उनलाई बेलेब्यू अस्पतालमा लगियो । टाउकोमा सानो चोट लागेको छ र डाक्टरले भनेका छन्, ‘उनी खतरामुक्त छिन् ।’

‘आज मैले नयाँ जीवन पाएँ’ श्रेष्ठले अस्पतालबाट स्थानीय अनलाइनलाई प्रतिक्रिया दिइन्, ‘म खुसी महशुस गरिरहेको छु, वास्तवमै आज म लगभग मरेको थिएँ ।’

प्रहरीले कालो रंगको टिसर्ट र पाइन्ट लगाएको कालो वर्णको अन्दाजी २० वर्षीय युवकलाई घटनाको अभियुक्तको रुपमा पहिचान गरेको छ, जो घटनालगत्तै स्टेसनबाट बाहिर निस्किएर भागेको थियो ।

तीन बच्चाकी आमा श्रेष्ठ, कामबाट घर र्फकँदै थिइन् । स्टेसनमा रेल कुरिरहेका बेला जव उनी पानी पिउन थालिन्, कसैले उनलाई पछाडिबाट धकेलेको थियो ।

उनले आक्रमणकारी देख्न पाइनन् । ‘उसले केहि भनिरहेको थियो तर, मैले केहि बुझेकी थिइनँ । उसले भनेको थियो, ‘के तपाईं मसँगै मर्न चाहनुहुन्छ ? यस्तै यस्तै केहि’ उनले भनिन्, ‘उ दुब्लो थियो, तर बलियो थियो, उसले मलाई धकेल्न निक्कै बल लगायो ।’

“म मर्न चाहन्नँ’ भन्दै जब म चिच्याएँ, दुई जनाले मलाई लिकबाट बाहिर निकाले’ उनले भनिन् ।

श्रेष्ठले भनिन्, ‘यो निक्कै खराव हो, आज मलाई धकेल्नेले भोलि अरु कसैलाई यसैगरी धकेल्न सक्छ ।’कमलाका पति नम श्रेष्ठका अनुसार उनको टाउकोमा १० वटा टाँका लगाइएको छ । – अनलाइनखबरबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।