पार्टी एकताको प्रस्ताव लिएर हिसिला पुगिन ओली निवास, ओलीले दिए यस्तो जवाफ !

काठमाडौं । नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् । एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।

एमालेको राजनीतिक लाइन र बाबुराम भट्टराईको आर्थिक नीतिलाई मुल सिद्धान्त बनाए पार्टी एकता गर्न तयार भएको बताएकी थिइन । स्रोतका अनुसार पछिल्लो समय एमालेले लिएको राष्ट्रबादी लाइन ठिक भएको र बाबुरामले उठाएको आर्थिक समृद्धिको सिद्धान्त एकठाउँमा भए देश समृद्ध हुने भन्दै पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।

हिसिला तीनजना सहयोगीसँग बालकोट पुगेकी थिइन । तर बालकोट जाँदा उनले नयाँ शक्तिका संयोजक तथा पति डा. बाबुराम भट्टराईसँग कुनै सल्लाह नगरेको बाबुराम निकट स्रोतले बताएको छ । बाबुराम एमालेको नीतिप्रति सहमत छैनन् । उनले एमालेलेलाई कम्यूनिष्ट र समाजबादी दुवै पार्टी मान्न सक्दैनन् ।

बाबुराम भट्टराई संघिय समाजबादी फोरमसँग सहकार्य गरेर जाने तयारीमै छन् । देवेन्द्र पौडेल, बामदेव क्षेत्रीले पार्टी छोडेर माओवादी केन्द्रमा पुगेपनि उनी संघिय समाजबादी फोरमसँगै पार्टी एकता गर्ने पक्षमा छन् ।

हिसिलाले पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले कुनै पनि प्रतिक्रिया दिएनन् । उनले ‘छलफल गरौ कुरा मिल्यो भने भइहाल्छ नी’ भन्ने जवाफ मात्र दिएको ओली निकट स्रोतले बताएको छ । – एस काठमाडौंबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।