पाँचथरमा घट्यो बिश्वासै गर्न नसकिने घटना, महिलाको जीवन माथी यस्तो खेलवाड…

हाम्रो समाजमा अझै पनि चेतनाको कमि छ, समाजमा पछौटेपनको प्रभाव छँदै छ । पाँचथरको हिलिहाङ–४(साविक पञ्चमी–८) मा यस्तो एउटा घटना घट्यो त्यो घटना सुन्ने वितिकै सबैको आङ जिरीङ्ग हुन्छ ।

कुरा हो हिलिहाङ–४ (साविक पञ्चमी–८)की २२ वर्षिया तारा लुवागुनको उनलाई सुत्केरी व्याथा लागेको रहेछ । शनिवारको कुरा हो स्थानिय लयप्रसाद संग्रौला आफ्नो खेतमा पानी लगाउन गइरहेका थिए । लुवागुनको घरमा केहि मानिसहरुको होहल्ला सुनेर उनि पनि त्यतै तिर गए ।

त्यहाँ उनले लुवागुनलाई केहि महिलाहरुले डोरीमा झुण्ड्याएर केहिले पछाडिवाट ठेल्दै त केहिले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले “यो के गरेको भनि सोध्दा” त्यहाँ भएका महिलाहरुले “यसलाई सुत्केरी गराउन लागेको” भनेपछि संगौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानु पर्छ भनि तत्काल सवारी साधन समेतको व्यवस्था गरी स्वयंले लिएर आएक मेची पोष्टलाई बताए थिए ।

नियमित गर्भ जाँच समेत गरेको वताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानु पर्छ नभनेको वरु हामीले कतिवटा वच्चा जन्मायौ भन्दै स्थानियहरुले घरमै वच्चा जन्मिन्छ भनेको सुनाउँछिन् । उनि अस्पतालको वेडमा आफ्नी छोरीका साथ छिन अहिले उनी“भन्छिन् धन्य छ लय अंकललाई उहाँले मलाई बचाउनु भयो ।”

शुक्रबार देखि व्यथाले च्यापेको र अरुले अस्पताल जानु पर्दैन यहि हुन्छ भनेपछि आफुले डोरीमा झुन्डीएर वच्चा जन्माउन खोजेको लुवागुनले बताइन् ।“मैलै केहिबेर ढिला गरेर देखेको भए यी महिला र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो” संग्रोला भन्छन्ः– “हाम्रो समाजमा चेतनाको कमि त छदै छ तर यतिसारो पिछडिएकै छ भन्ने मलाईनै थाहा थिएन ।”

आर्थिक रुपमा समेत कमजोर र पारिवारका अन्य सदस्यहरु समेत अपांग भएकी ती दलित महिलाको लागि संग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोग समेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतवाट करिव १५ हजार वढीको सहयोग भएको तारा स्वयंले वताउँछिन् । आफ्नो पहिलो सन्तानको जन्म दिने अस्पतालका डाक्टर र स्थानिय समाजसेवी संग्रौलालाई उनि भगवान भन्छिन् ।

महिलाको शारिरीक अवस्थाको कारण पनि सल्यकृया गर्नु परेको भएपनि अहिले उनको र वच्चाको अवस्था सामान्य भएको डा.पवनकुमार साहले वताए ।जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत धेरै संघ संस्थाहरु र स्वयं सरकारले आमा र वच्चाको पोषण र

सुरक्षा संगका थुप्रै योजनाहरु र कार्यक्रमहरु संचालन गरेपनि दुरदराजका यस्ता तारा लुवागुनहरुको पहुँच सम्म पुग्न नसक्नुले त्यस्ता कार्यक्रमहरु पहुँच भएका र सुगम क्षेत्रका लागी मात्र त होइनन् भन्ने प्रश्न उव्जनु अस्वभाविक होइन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖