दोक्लाम बिबादमा नेपाललाई यसरी मुछ्यो भारतले, अब चीनले के गर्ला ?

काठमाडौं, ७ भदौ । भुटान र चीनबीच बिबाद रहेको र हाल भारतीय सेना पुगेको दोक्लाम क्षेत्रमा गोर्खा सैनिक पनि खटिएका छन् । उत्तरपूर्वी मेघालय राज्यको सिलोङमा ८ गोर्खा राइफल्सको हेडक्वार्टरबाट भारतले चौथो बटालियनका सैनिक चीन–भूटान सीमाक्षेत्रमा परिचालन गरेको हो ।

भारतीय गोर्खा राइफल्सका पूर्व कमाण्डसमेत रहेका पूर्व मेजर जनरल अशोक मेहताले चीन चारदिन अघि गोर्खा राइफल्सका सैनिक त्यहाँ खटिएको जानकारी पाएको बताए । ‘फौज अदलीबदलीका क्रममा गोर्खा राइफल्स अन्तर्गत चार बटालियनको फौज त्यहाँ पठाइएको छ । त्यसमा नेपालीहरु पनि छन्’ जनरल मेहताले भने ।

उक्त राइफल्सको नारा ‘काँतर हुनुभन्दा मर्नु राम्रो’ उल्लेख गरिएको छ । उक्त राइफल्स अन्तर्गत ६ बटालियन छन् । यो राइफल्सका सैनिकले बेलायतका तर्फबाट पहिलो र दोस्रो विश्वयुद्ध तथा भारतका तर्फबाट पाकिस्तानसँग कार्गिल युद्ध, चीनसँगको सीमायुद्ध, भूटानसँगको युद्धमा पनि खटिएका छन् । भूटानसँग सन् १८६४ देखि १८६५सम्म इस्ट इन्डिया कम्पनी बेलायतका तर्फबाट आठौं गोर्खा राइफल्सले युद्ध लडेको थियो । संयोगबस भूटानको रक्षाका नाममा अहिले सोही राइफल्ससम्वद्ध नेपाली खटिएका छन् ।

भारतका ७ वटा गोर्खा रेजिमेन्ट अन्तर्गतका ३९ बटालियनमा नेपालीहरु कार्यरत छन् । ‘५० जनाजति गोर्खा सैनिक पल्टन अदलीबदलीका क्रममा अहिले दोक्लाम क्षेत्रमा परिरचालित भएका छन्, यो उनीहरुको नियमित ड्युटी हो’ पूर्व जनरल मेहताले नयाँ पत्रिकासँग भने । उनले राजनीतिकरुपमा नेपालको तटस्थ अडान बाध्यम रहेको अर्थमा भारतले बुझेको र यसबाट सम्बन्धमा केही फरक नपर्ने पनि मेहताले बताए ।

पाकिस्तानसँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र काश्मिर तथा बर्मा, बंगलादेश र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतीय सेनामा नेपालीहरु परिचालित छन् । १९६२ को नेपाल भारत चीन युद्ध, १९९९ मा पाकिस्तानसँग भएको कार्गिल युद्धमा भारतीय सैनिकमा नेपाली नागरिक कार्यरत छन् । जानकारहरुका अनुसार सन् १९६७ मा सिक्कीम चीन सीमावर्ती क्षेत्र नाथुलामा शुरुमा चिनियाँ सेनाको गोली लागेर एकजना भारतीय गोर्खा सैनिक मारिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटकपटक भारतले जितेका सबै लडाईँमा गोर्खा सैनिकको खुन बगेको भन्दै प्रशंसा गर्दै आएका छन् ।

नेपाल भारत सम्बन्धका जानकार डा. निहार नायकले नेपालीहरु स्वेच्छिकरुपमा गोर्खा भर्ती हुँदैआएको हुनाले यसमा नेपालको तटस्थ नीतिलाई जोड्नु उपयुक्त नहुने बताए । ‘गोर्खा भर्तीलाई नेपाल सरकारले पर्यवेक्षण गरेको मलाई थाहा छैन, त्यसका लागि उत्प्रेरित गरेको पनि छैन जस्तो लाग्छ’ नायकले तर्क गरे, ‘भारतीयहरु पनि अष्ट्रेलीयन वा अमेरिकन आर्मीमा भर्ती भएको तथ्यांक भारत सरकारसँग हुँदैन । यसलाई अन्यथा लिनु आवश्यक छैन ।’ – नयाँ पत्रिकाबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।