सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीले ‘कमाउँ धन्दा’ चलाएकै हुन त ?

काठमाडौँ, भदौ ९ । सामाजिक सेवामा होमिएका धुर्मुस–सुन्तलीमाथि उजुरी दर्ज भयो । आरोप थियो, समाज सेवाका लागि खोलिएको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’का लागि आउने आर्थिक सहयोग कुञ्जना घिमिरेका खातामा गएको । उसो त फाउण्डेसन पारदर्शी नभएको आरोप यसअघि नै गो गो फाउण्डेसनको केदार खड्काहरुले लगाएकै थिए ।

विरोधीहरुले नेपाल सरकारलाई तिर्नुपर्ने करसमेत नतिरेको भन्दै उजुरी दर्ज गरेका हुन् । समाजकल्याण परिषद्ले अनुसन्धान गर्दा धुर्मुस–सुन्तलीको हकमा आरोपमा सत्यता नभएको प्रमाणित भएको हो । परिषद्ले उक्त परियोजना कानुनबमोजिम नै चलेको हुनाले काम अगाडि बढाउन आदेश दिएको छ ।

समाजकल्याण परिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई उजुरीकर्ताको आरोप पुष्टि हुने कुनै काम नभएकाले गरिरहेका कामलाई निरन्तरता दिन पत्रचार गरेको हो । धुलिखेलका राज हुमागाईंले दर्ज गरेको उजुरीउपर समाजकल्याण परिषद्को अनुसन्धानले साउन २६ गते उपनिर्देशक दुर्गाप्रसाद भट्टराईको पत्रमार्फत क्लिन चिट दिएको हो । – जनआस्था साप्ताहिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।