‘जजले गाएको गीत’ जज भन्दा राम्रो गाउँदै फेरी नेपाल आइडल हल्लाए सागर आलेले – भिडियो सहित

काठमाडौं । गीत संगीतको कुम्भ मेला जस्तो पछिल्लो समय जताततै चर्चा पाएको छ नेपाल आइडलले । अन्य मुलुकमा विभिन्न आइडल भईरहेने भएपनि नेपालमा भने यो पहिलो नेपाल आइडल हो । एपि वान टेलिभिजनको पर्दामा बिहीवार र शुक्रवार धेरैको आँखा पुग्ने गर्दछ यो शो हेर्नलाई ।

नेपालको एक मात्र रियालिटी शो नेपाल आईडलमा नेपालका धेरै ठाउँको अडिसन पार अन्तिम अन्तिम चरणमा पुगेको छ । गाला राउण्डको ३० सस्करण सम्म पुग्दा ५ प्रतिस्पर्धिहरु नेपाल आइडलको उपाधीलाई आफ्नो पोल्टामा पार्न सबैले उत्कृष्ट प्रस्तुति दिएका छ्न् ।

त्यही ५ प्रतिस्पर्धीमध्येको एक नाम हो सागर आले मगर । पुर्ख्यौली घर गोरखा भएका सागर आले मगर एक सामान्य परिवारमा चितवनको पटयानीमा बुबा रघु बहादुर आले र आमा सन्तमाया आलेको सुपुत्र हुन । सानै उमेरबाट गीत संगीतमा रुचि राख्ने आले मगर यो भन्दा पनि यस्तै विभिन्न प्रतिस्पर्धामा आफ्नो प्रस्तुति दिईसकेका छ्न् तर पनि अहिले सम्म उपाधी भने चुम्न सकेका छैनन् ।

चितवन आइडल टप ८, नेपाली तारा उत्कृष्ट २० हुँदै बिग आइकनको फस्ट रनर उप भएका सागरले अहिले सम्म कुनै म्यूजिकल कक्षा लिएका छैनन् । तर पनि कर्णप्रिय स्वर रहेको आले जब चितवन अडिसनमा फूलको थुङ्गा भन्ने सालैजो गीत गाए तब आलेको अनुयायी ह्वात्तै बढ्यो ।

लोक होस या आधुनिक या पप र रक नै किन नहोस सबै प्रकारको गीतलाई न्याय दिएर गाउन सक्छ्न आलेले । सबै समुदाय, युवा जातजातीको प्रमुख रोजाईको पात्र बनेका छ्न् ।

सागर आलेलाई नेपाल आइडल बनाउन चाहनेको लागि १३ टाइप गरि ३५२२५ मा म्यासेज गर्न सकिन्छ । कस्लाई पहिलो नेपाल आइडल बनाउने भन्ने अब सबै दर्शक श्रोता हातमा रहेको छ । सागर आलेको अन्तिम प्रस्तुति भिडियोमा देखाईएको छ ।

https://youtu.be/YiYsC4egJD4



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖