दिल्लीमा देउवाले गरे ‘राष्ट्रघाति’ सम्झौता, विरोध सुरु

काठमाडौं, ९ भदौ । पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग राष्ट्रहित विपरित सम्झौता गरेका छन् । अहिलेको कोशी बाँधबारे तराई डुबेको र हजारौं जनता विस्थापित भएको देख्दादेख्दै प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग त्यो भन्दा ठूलो क्षति निम्त्याउने सप्तकोशी उच्च बाँध बनाउने सहमति गरेका हुन् ।

कोशी बाँधका ढोका भारतले नखोल्दा तराई डुबेका बेला कांग्रेसका मन्त्रीहरुले ढोका खोले भारतको विहार डुब्ने अभिव्यक्ति दिएका बेला उनका कमाण्डर देउवा पनि भारतको पक्षमा उभिदै उच्च बाँध बनाउने सहमति गरिदिए ।

विहिबार सार्वजनिक नेपाल भारत संयुक्त वक्तव्यको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति भएको उल्लेख छ ।

प्रम देउवाले तराई डुबाउने सीमावर्ती बाँधहरु भत्काउने र क्षतिपूर्तिको कुरा गर्न प्रमुख विपक्षी दल एमाले, पूर्वप्रधानमन्त्रीहरु र विज्ञले दिएका सुझावलाई लत्याउँदै भविष्यमा देशले भयानक संकट व्यहोर्नुपर्ने खालको सहमति भारतसँग गरेका हुन् ।

कोशी र लक्ष्मणपुर बाँधले तराई डुबानमा परेपछि नेपालीहरुले भारतले एकपक्षीय रुपमा बनाएका बाँधहरु भत्काउनुपर्ने आवाज उठाइरहेका बेला प्रधानमन्त्री देउवाले भने भारतको हित हुनेगरी सप्तकोशीमै उच्च बाँध बनाउने सहमति गरेपछि उनको विरोध सुरु भएको छ ।

सीमाविद् तथा आम नागरिकले यो सम्झौताको विरोध गर्दै तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरुले अहिले निर्माण गरिएका बाँध भत्काउन पनि माग गरेका छन् । यद्यपी देउवा अहिले दिल्लीमै छन् । भोलि भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम छ ।

उच्च बाँध बने नेपाललाई कस्तो असर गर्छ ?

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार अहिलेकै अवस्थामा सप्तकोशीमा उच्च बाँध बने नेपालमा डुबानको समस्या झनै विकराल बन्नेछ । उनले कोशी ब्यारेजको म्याद सकिएको भन्दै त्यसलाई भत्काएर दुबै देशको हित हुनेगरी नयाँ बाँध बनाउनुपर्ने सुझाव दिए । प्रधानमन्त्रीले गरेको सम्झौताप्रति श्रेष्ठको पनि असन्तुष्टि छ ।

‘नागरिक स्तरबाट भारतले एकतर्फी रुपमा बनाएका बाँध नभत्काएसम्म नेपाल बर्षेनी डुवानमा पर्ने भन्दै सरकार र भारत दुबैको आलोचना भैरहेको छ,’ जलस्रोत विज्ञहरु भन्छन्- ‘भारतीय जलस्रोत विज्ञहरुले समेत एकतर्फी बनेका बाँध भत्काउनुपर्ने सुझाव दिएका छन्, दुर्भाग्य ! प्रधानमन्त्रीले कुरा उठाउनुका साटो सप्तकोशीमा उच्च बाँध बनाउने सहमति जनाउनु नेपालको हितमा छैन् । यसको समाधान दुबै देशको हित भयो मात्रै हुनेछ ।’

यता कोशी बाँधका ढोका भारतले नखोल्दा तराई डुबेका बेला कांग्रेसबाट मन्त्री बनेका देउवाको मन्त्रिमण्डका सदस्यहरुले ढोका खोले भारतको विहार डुब्ने अभिव्यक्ति दिएर विवादमा आएका थिए । यस्तो ती मन्त्रीका कमाण्डर देउवा पनि भारतको पक्षमा उभिदै उच्च बाँध बनाउने सहमति गरे । – दैनिक नेपालबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।