माओवादी केन्द्रका नेता नारायणकाजीले भने,- एमालेले लोडसेडिङ अन्त्य गरेको भए पचास वर्ष ब्याज खान्थ्यो

सुर्खेत, भदौ १० । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रदेश नं. ६ को कार्यक्रममा सम्बोधन गर्दै भने एमालेले लोडसेडिङ अन्त्य गरेको भए राजनीतिमा ५० वर्षसम्म त्यसको ब्याज खाने बताउनु भयो ।

नेता प्रकाशले भन्नुभयो, ‘हाम्रो अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा लोडसेडिङ हट्यो, आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध भयो, चुनाव भयो, देश संघीयतामा गयो, विकास आयोजनाहरुमा तिब्र प्रगति भयो ।

तर, हामीले आफैले गरेका काम जनतामा लान सकेनौं । एमालेले लोडसेडिङ हटाउथ्यो भने ५० वर्षसम्म त्यसको ब्याज खान्थ्यो, एमालेले चमत्कार गरेको प्रचार गरिन्थ्यो । १०० वृद्धाभत्ताको ब्याज खाएर आजसम्म एमाले बाँचेको छ ।’

माओवादीको नीति चुनावको उपयोग मात्रै गर्ने नभएको प्रकाशले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदवाद र शान्तिपूर्ण प्रतिस्पर्धा एउटै कुरा होइन । हामी संसदवादको विरुद्धमा छौं । तर, शान्तिपूर्ण प्रतिस्पर्धालाई कार्यनीति बनाएका छौं ।

हाम्रो संसदमा सहभागिता लेनिनले प्रयोग गरेको दुमा जस्तो होइन । हामी दुमा जस्तो उपयोगको पक्षमा छैनांै, हामी यसको प्रयोग र विकासको पक्षमा छौं ।’- दैनिक न्यूज ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।