लभलेटरको रहस्य खुलेपछि कक्षा ६ मा पढ्ने बालिकाले गरिन आत्महत्या ! पत्रमा के थियो ? पढ्नुहोस्

‘समीर म तिमिलाई माया गर्छु, ‘आई लभ यू सो मच एण्ड मिस यू सो मच’, मैले यो जीवनमा तिमी बाहेक अरुलाई सोच्न समेत सकेको छैन। कसम म तिमी बाट टाढा हुन सक्दिन्। तिमी बिनाको जिन्दगी सोच्न समेत सक्दिन।’

‘समीर हामीले बा आमाको सपना पुरा गर्नुछ। तर, मैले सकिन तिमीले पूरा गर्नु। तिम्रो बा आमासंग स्कुल पढाउने खर्च नहोला, म तिमीलई खर्च दिन्छु पढ। स्कुल आऊ।’

‘म बाबु आमाकी एक्ली छोरी हुँ। जे भने पनि मान्नुहुन्छ। तिम्रो लागि पैसाको व्यवस्था म गरौँला तर तिमी सधैँ स्कुल आऊ ल। सुनेको छु, तिमी पत्रिका बेचेर हिँड्छौ रे ! अब हिड्नु पर्दैन।’

‘समिर तिमी कति दुःख गर्छौँ है ! तिमीले मलाई मनपराए पनि नपराए पनि म सधँ तिमीलाई माया गरिराख्छु। मेरो प्रेम प्रस्ताव स्वीकार। मलाई भन्न लाज लागे मेरी साथी दीपा चौलागाई भन्नु ल !’

‘माया जबरजस्ती गरिने कुरा पनि होइन। तिमी मलाई माया गर्र्छौँ वा गर्दैनौँ भोलि एउटा कापिको पानामा लेखेर दिनुहोला समिर। ‘आई लभ यू समिर’ म तिमीलाई सधैँ माया गरिराख्ने छु।

यी माथिका बुँदा १३ वर्षीया बालिका निर्मला सुनुवारले आफ्ना प्रेमी समीर श्रेष्ठलाई आत्महत्या गर्नुअघिको प्रेमपत्रमा लेखेकी हुन्।

काभ्रेको रोशी गाउँपालिका १ खहरेपागुकी निर्मलाले प्रेमिको नाममा प्रेमपत्र लेखेर आत्महत्या गरेकी छिन्। प्रेमीलाई लामो पत्र लेखेर बनेपा ७ स्थित डेरामा बस्दै आएकी निर्मला कोठाको पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बनेपाले बताएको छ।

प्रहरीका अनुसार चैतन्य माविमा कक्षा ६ मा पढ्दै आएकी उनले सोही विद्यालयको कक्षा ६ मा अध्यनरत समीर श्रेष्ठलाई माया गर्छु भन्दै लेखेको प्रेमपत्र शव संगै फेला परेको हो।

एकै कक्षामा पढ्दै आएका श्रेष्ठ र सुनुवार केही समयदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसनधानबाट खुलेको छ। मोबाइलमा कुराकानी नभए पनि पत्र मार्फत् मायाको कुरा हुने गरेको प्रहरीले जनाएको छ। शनिबार साँझ कोठामा संगै बसेका दाजुहरुले प्रेम बारे थाहा पाएसंगै उनले लेखेको पे्रमपत्र फेला पारेका थिए। दाजुले प्रेमको कुरा थाहा पाएपछि आइतबार बिहान कोठाको पङ्खामा झुण्डिएको अवस्थामा निर्मलाको शव भेटिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धाबाट निर्मलाको मृत्युको कारण प्रेम सम्बध नै रहेको खुलेको छ। दाजुले प्रेमपत्र फेला पारेसंगै लाज वा डरले आत्महत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यलयका सई भक्त श्रेष्ठले जानकारी दिए। – अन्नपूर्ण पोष्ट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।