प्रधानमन्त्री देउवा-मोदी सम्झौताको विरुद्धमा विरोध प्रदर्शन हुने

काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको विषयलाई लिएर नेकपाले विरोध प्रदर्शन गर्ने भएको ई-रातो खबरले लेखेको छ ।

देउवाले भारतमागई आत्मसमर्पणवादी नीति प्रस्तुतगर्दै नेपाली राष्ट्रियता र सार्वभौमीकतालाई निकै कमजोर बनाएको भन्दै नेपालमा व्यापक आलोचना भइरहेको बेला आज अर्थात आइतबार नेकपा निकट विभिन्न जनवर्गीय संगठनको आयोजनामा काठमाडौंमा विरोध प्रर्दशनको कार्यक्रम हुन लागेको हो ।

नेपालको संविधान संशोधनको विषयमा पुन संसदमा प्रस्ताव लैजाने भनी भारतमा गएर प्रतिवद्धता जनाउनु त्यहाँको एउटा प्रान्तको मुख्यमन्त्री सरह प्रधानमन्त्रीले व्यवहार गर्दा सिंगो देशलाई लज्जाबोध गराएको नेकपाको भनाई रहेको छ ।

यस्तै अरुण तस्रोको सिलन्यासमा मोदीलाई निमन्त्रणा गर्नु र अन्य राष्ट्रघाती सम्झौतालाई तीव्रतापूर्वक कार्यन्वयन गर्ने प्रतिवद्धता भारतसामु जाहेर गर्नुले नेपाली राष्ट्रियतालाई निकै कमजोर पारेको भन्दै नेकपाले आपत्ती समेत जनाएको छ ।

यसैविच नेकपामशालले पनि एक विज्ञप्ती जारी गर्दै देउवा–मोदी सम्झौता दब्बु र आत्मसमर्पणवादी नीतिको प्रदर्शन भन्दै विरोध जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।