प्रधानमन्त्री देउवा राष्ट्रघाती सम्झौता गरेर आज राति स्वदेश फर्कदै, नेकपाले कालो झण्डा देखाउने

पाँच दिने राजकीय भ्रमणमा दिल्ली पुगेर राजा महेन्द्रले समेत नमानेको राष्ट्रघाती सम्झौतामा हस्ताक्षर गरेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्किदै छन् ।

प्रधानमन्त्री देउवा राती ८ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको छ । उनि गत बुधबार पत्नी आरजु राणासहित ४८ सदस्यी टोलीको नेतृत्व गर्दै दिल्ली गएका थिए ।

देउवाले आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता गरिएका आठ बुँदामध्ये केही राष्ट्रघाती रहेको बुझिएको छ ।

भारतको स्वार्थमा गरिएका ति सम्झौता आगामी माघ महिनासम्म गोप्य नै राखिने आन्तरिक सहमति भएको बुझिएको छ । यसरी बिगतमा पनी नेपालका शासकहरुले गोप्य सम्झौता गर्ने गरेका थिए ।

दिल्ली पुगेर देउवाले गरे राजा महेन्द्रले समेत नमानेको राष्ट्रघाती सम्झौता !

देउवाले कोशीमा उच्च बाँध बनाउने सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतापछि दुवै देशका प्रधानमन्त्रीद्वारा जारी गरिएको विज्ञप्तिको २८ नम्बर बुँदामा दुई देशबीच सप्तकोशी उच्च बाँध बनाउने सहमति भएको उल्लेख छ ।

भारतले २०३१ सालमा नै तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई यो बुँदामा सहमति गर्न प्रस्ताव गरेको थियो तर तत्कालिन राजा महेन्द्रले नमानेपछि सम्झौता प्रस्तावमा हस्ताक्षर भएको थिएन

पञ्चायती कालमा राजाले नमानेको राष्ट्रघाती सम्झौतामा गणतन्त्र नेपालका प्रधानमन्त्री देउवाले सजिलै हस्ताक्षर गरिदिएका छन् । यसले उनि भारतको बफादार सिपाही भएको प्रमाणित गरिदिएको छ ।

देउवाको राष्ट्रघातविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गर्दै !

भारतले सीमा क्षेत्रमा बाँधेका बाँधकै कारण तराई–मधेस डुबानमा परेको बेला भारत भ्रमणमा निस्केका प्रधानमन्त्रीले नेपाली जनताको जीवनको पूरै बेवास्ता गरेर भारतलाई खुशी बनाउन उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेकपाले कालो झण्डा देखाउने

यसैवीच प्रधानमन्त्री देउवाले गरेको राष्ट्रघातको बिरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।

अाइतबार विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्री देउवा नेपाल फर्किने दिनमा एयरपोर्टमै कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ । – ईमान्दार मिडियाबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।