चीनबाट दशैं तिहारका लागि सामान लोड गरी भित्रिएका १५ सय भन्दा बढी ट्रक रसुवा भन्सार कार्यालयमा थुप्रिए, यस्तो छ कारण…

काठमाडौं । चीनबाट दशैं तिहारका लागि सामान लोड गरी भित्रिएका १५ सय भन्दा बढी ट्रक रसुवा भन्सार कार्यालयमा थुप्रिएका छन् । न्यून बिजकीकरण गरी भन्सार छुटाउन भन्सार कार्यालय रसुवाले नमानेपछि एक महिनादेखि ती ट्रक अलपत्र परेका छन् ।

महंगा सामान ल्याए पनि ब्यापारीले बच्चाका सामान ल्याएको भन्दै भन्सार छली गरी भित्र्याउने गरेका छन् । पूरा भन्सार मूल्य तिरेर ल्याएका १५ वटा ट्रक राजस्व अनुसन्धान विभागले शुक्रबार समातेर विभागमा ल्याएको छ । साना ब्यापारीले दशैका लागि ल्याएका सामानको एक ट्रक बराबर १५ लाख भन्सार शुल्क तिरेको भए पनि राजस्वले दुःख दिने नियतले ती ट्रक समातेको छ । तर ठूला ब्यापारीका १५ सयभन्दा बढी ट्रक टिमुरे र केरुङमा लाम लागेका छन् ।

ठूला ब्यापारीले कम्तीमा १५ लाख रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने सामानको न्यून बिजकीकरण गरी ५ लाख तिरेर ल्याउन खोजेका कारण भन्सारले रोकेको दृष्टीन्यूजमा खबर छ । विगतमा यसैगरी न्यून बिजकीकरण गरी सामान भित्र्याउँदैआएकोमा यो पटक रोकिएको छ ।

ठूला ब्यापारीहरुले भन्सार कार्यालय र राजस्व अनुसन्धान विभागसँग सेटिङ गरी सामान छुटाउन पहल गरिरहेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक भूपाल बरालको घर धुम्बाराहीमा ब्यापारीहरुको टोलीले सामान छुटाउनका लागि मोलमोलाई गरिरहेका छन् । महानिर्देशक बरालले महानिर्देशक हुनका लागि आरजु देउवालाई बुझाएको लगानी रोकिएका ट्रकबाटै असुली गर्ने रणनीति अख्तियार गरेका छन् । उनले प्रतिट्रक १ लाख रुपैयाँका दरले माग गरेका छन् ।

राजस्व अनुसन्धान विभाग, भन्सार कार्यालय, भन्सार अधिकृत, जाँचकीदेखि दस्तुरीसम्म २ लाख २५ हजार घुस बुझाएर ५ लाख महसुल तिरी सामान छुटाउने खेलमा लागेका ब्यापारीहरु भन्सार विभागका महानिर्देशक रामशरण चिमौरियाले पनि भाग खोजेपछि २०७४ भदौ ११ गते सामान छुटाउन सकेनन् ।

चिमौरियाले राजस्वले १५ लाख महसुल तिर्ने ब्यापारीका १५ वटा ट्रक बरामद गरेर दुःख दिएको स्मरण गराउँदै ५ लाख मात्र तिराएर ट्रकहरु भित्रिए भन्सार विभागले नछोड्ने बताएपछि ब्यापारी–राजस्व सेटिङअनुसार आइतबार सामान छु्ट्न नसकेको समाचार आजको साँघुमा छ । स्रोतका अनुसार भन्सार विभागका चिमौरियालाई समेत भागबण्डा मिलाएर सामान छुटाउन ब्यापारीहरु दौडधूपमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।